कारसिनोइड(carcinoid)ट्यूमर एक Neuro-Endocrine Tumor हो। नाममा न्यूरो भए तापनि यो ब्रेन ट्यूमर होईन। यो एउटा Slow Growing ट्यूमर हो,त्यसैले यसको लक्षण ढिलो देखिन्छ।
साथै यो एउटा दुर्लभ ट्यूमर हो जसले गर्दा सुरूवाती लक्षणलाई खाना नपचेको,पेटको दुखेको वा दम भएको भन्ने सोचिन्छ। 1/n
आन्द्रा वा फोक्सोका कुना-कन्तरामा पलाएको साना-साना कोषिकाहरुले यो ट्यूमर बनेको हुन्छ।
सामान्य अवस्थामा शरीरलाई अत्यावश्यक मानिने भिटामिन (Niacin) बनाउनु पर्ने तत्वहरुलाई प्रयोग गरेर अब यो ट्यूमरले अत्यधिक मात्रामा सेरोटोनिन (Serotonin) भन्ने रसायन बनाउन सुरु गर्छ। 2/n
Serotonin लगायतका रसायनले गर्दा अनुहार रातो / तातो हुने , पखाला लाग्ने, ब्लड प्रेसर कम हुने, चक्कर लाग्ने, छालामा मसिना धजा जस्ता रक्तनलि ( Telangiectasia) देखिने, सास फेर्दा सिट्ठी बजे जस्तो हुने ( wheezing) हुँदै सास फेर्न कठिन हुने हुन्छ। 3/n
आन्द्राको ट्यूमरमा सुरुवाती दिनमा Serotonin कलेजोमा पुगेर केहि हदसम्म फ़िल्टर हुन्छ, जसले गर्दा रोगको लक्षण फोक्सोको ट्यूमर भन्दा केहि ढिलो र कम देखा पर्छ।
तर फैलिन सुरु गरेपछि भने कलेजोले पहिले जस्तो फ़िल्टर गर्न सक्दैन। बिस्तारै मुटुको valve मा समेत गम्भीर असर गर्छ। 4/n
यो रोगको पहिचान / डाइग्नोसिस गर्न मुश्किल छ। सबै ठाऊँमा आवश्यक टेस्टहरु हुदैनन्।
तर समयमानै पत्ता लागे, उपचार गरे ठीक हुने सम्भावना धेरै छ।
केहि समय पहिले चर्चित बलिउड अभिनेता इरफान खानको NET का कारण नै मृत्यु भएको थियो। 5/n
१. ३ दिन-३ गोली Azithromycin खानु आजकल सामान्य भयो। तर यो औषधि खास गरि 'निमोनिया' भए मात्रै खाने हो। सामान्य ज्वरो आउँदा यत्तिकै खाइदिनाले, पछि साँच्चिकै गम्भीर संक्रमण हुँदा काम गर्दैन। #AMR
२.Doxycycline भन्ने औषधि सामान्य अवस्थामा खाने होइन। सामान्य औषधिले ठीक नहुँदा, यसले हुन्छ कि भनेर चिकित्सकहरु यो औषधि दिन्छन्। यसको साइड इफ़ेक्ट धेरै छ। बच्चालाई त दिनु नै हुँदैन। गर्भवतीले खानु हुँदैन। गर्भ बस्ने सम्भावना भएकाले पनि खानु हुँदैन। #side_effects
३.Ivermectin जुकाको औषधिका रूपमा प्रयोग हुन्छ।लुतो आएमा पनि दिन सकिन्छ। कोरोनामा काम गर्ने भनेर सुरुवाती दिनमा चर्चा भए पनि,आजकल होइन भन्ने प्रमाणित भईसक्यो।
४.मलेरियामा प्रयोग हुने HCQ ले केहि फाइदा गर्छ भनिन्छ। तर मुटुको चालमा गम्भीर गडबडी आउने कारण, यो आफै किनेर खानु हुँदैन।
८६ बर्षीय बृद्ध २ दिन देखि पेट दुखेको भन्दै आए। पेट फुलेर सार्हो भएको थियो। हेर्दा भित्र आन्द्रा बटारिएको हो कि जस्तो थियो। एकिन गर्न र परेमा अपरेशन गर्न ठुलो अस्पताल जान भनियो। त्यहाँ कोरोना छ भनेर उनि जानै मानेनन्।
१/४
७ वर्षको बच्चा हिजो राति देखि उल्टी भएको भन्दै आयो। प्रारम्भिक जाँच र टेस्ट अनुसार Appendicitis भएको अनुमान लगाइयो।अपेरशनको आवश्यकता हुन सक्ने भनेर रेफेर गरियो तर उनीहरु जान मानेनन् , कोरोनाको डरले। यहि भर्ना हुन भनियो, मानेनन्।
२/४
५५ बर्षीय बुवाले चैत देखि सुगरको औषधि खान छोडेका रहेछन्। उनि जाने गरेको अस्पतालमा कोरोनाका बिरामी हुनाले। आज जाँच गर्दा सुगर झन्डै ५०० आयो।यहि बाट औषधि दिएर पठाइयो।
३/४
केहि दिन पहिले घर नजिकै गाड़ीबाट खसेर एक दाई को ज्यान गयो। अस्प्ताल १०-१५ मिनेट मै पुर्याएको हो भनियो। तर कसरी पुराईयो कसैले भनेनन् ।
केहि वजनले थिचेको, गाड़ी दुर्घटनामा परेको वा ढाडमा चोट लागेको बिरामीको गर्धन कमजोर हुन्छ। 1/n
कड़ा स्ट्रेचरमा राखेर, गर्धनको पेटी ( cervical collar) लगाएर घाइते उद्धार गर्नुपर्छ। नत्र टाउको र शरीर बीचको कनेक्शन रोकिन्छ र बिरामीको ज्यान जान्छ। रगत बगेको भए रोक्नु पर्छ, धेरै बगेको भए सलाइन पानि दिनुपर्छ। घाइतेलाई मुख बाट खान- पिउन दिनु हुँदैन। 2/n
हाम्रो देशमा भने धेरै घाइतेलाई टाउको र खुट्टामा समातेर एम्बुलेंसमा हालिन्छ र अस्पताल पुराइन्छ। एम्बुलेंस भने पनि ती भित्र न त कुनै सामान हुन्छ, न बिरामी लाई दिने अक्सिजन हुन्छ, न इमरजेंसी औषधि , न कुनै स्वास्थकर्मी। यी सुबिधा बिनाका एम्बुलेंस 'ठेला' जस्तै हुन्। 3/n
एक बोरा चामल किन्ने कि बीमाको प्रीमियम तिरने भनेर बीमा नगरेका धेरै परिवारलाई सरकारले सहजिकरण गरि बीमा गर्ने प्रोत्सहन गर्नु पर्छ। यसका लागि धेरै आम्दानी हुने परिवारबाट अरु भन्दा केहि बढ़ी प्रीमीयम लिएर काम गर्न सकिन्छ।
बीमित हरुलाई Whole Body Check-Up भन्दा पनि बीमा गरेपछि स्वत: Age & Risk Specific Screening Test को व्यवस्था गर्न सके फलदायि हुने थियो।