Pradīp Ghimire Profile picture
Linguistics Enthusiast • Vedic Astronomy • Sanskrit • History • Journalism • Cultural and Religious History of South Asia (Classical Indology)

Sep 13, 2020, 23 tweets

अटेन्सन कसरी सिक्ने? T H R E A D 👇👇👇👇👇👇

१. एक चक्कर आफ्ना भरखर जन्मेका केटाकेटीको फोटो हाल्ने। कुन चैं बच्चाको फोटोमा aww, olelele, how cute🥰, olelele melo babu आउँछ। त्यो फोटो दैनिक बिहान खाना खाएपछि र बेलुका सुत्नुअघि हाल्ने।

२. पढेको छ एमबिबिएस तर कानुनमा पिएचडी गरेकोसँग सिँगुरे खेल्ने र उल्टै दुईचारवटा कानुनका धारा, उपधारा सिकाएर पठाइदिने। (विज्ञले
आफूले आफैंलाई वैज्ञानिक देख्नेदेखि लिएर नामका पछाडि अगाडि पिएचडी लेख्नेसम्मका यही क्याटेगोरीमा पर्छन्।)

२. अब काम काज केही छैन। एटेन्सन त सिक्नुपर्‍यो भनेर फोटा हाल्ने । यो क्याटेगोरीमा परेका मान्छेहरू माथि उल्लेखित १ नम्बरका केटाकेटीजस्ता हुन्। अलेलेलेले भन्दिन्छन्, मक्ख।

४. ट्वीटरमा यसो आउने अनि हेर्ने। कुनै नयाँ केटी आएका छन् कि छैनन्? छन् भने दोचारोडा अंग्रेजी ट्वीट हालेर अटेन्सन सिक्ने र त्यसलाई फलो गर्ने। अनि बिस्तारै डिएमतिर औंला लम्काउने। त्यस्ता व्यक्तिहरू आम समाजका लागि घातक हुन्छन्।

५. यसमा चैं अन्नार नदेखाउने अनि सबलाई फ्लर्ट भन्यो फ्लर्ट विज्ञ भन्यो विज्ञवाला राय सुझाव दिने। राख्न चैं खुब तार्किक कुरा राख्न खोजेजस्तो गर्ने तर उई सोह्र दुुना आठ। त्यस्ता वक्तिहरू ट्वीटर नचलाउनेलाई म नैं ट्विटरको राजा हुँ जस्तो वक्तव्य दिने नि त्यस्तै हुन्।

६. अर्काथरी हुन्छन्- हुन चैं पारिवारिक अथवा लहलहैकवाला क्रश्चियन हो। तर ट्वीटरमा पीडितका लागि आवाज बनेर उठ्नेहरू। जसले बलात्कारदेखि लिएर गरीबका दुःखका वेदनाहरूलाई अंग्रेजी ट्वीटमा लेखेर अटेन्सन र कोटेसन दुवै कमाउँछन्।

७. अर्काथरी हुन्छन्- फोटो हाल्ने। अनि कमेन्ट आफूअनुकुल छ भने थ्यान्कू भन्ने प्रतिकुल भए प्रहरीलाई मेन्सन गरेर बडीसेमिङको उजुरी हाल्नसम्म पछि नपर्ने। त्यस्ताहरू तुलनात्मक रूपमा अरूभन्दा अलिक भयंकर हुने गर्छन्।

८. यिनीहरू चैं एलिट वर्गमा पर्नका लागि दावी गर्ने खाले हुन्। पढ्नका लागि विदेश हान्निएका अनि उता गएर नेपाल यस्तो र उस्तो, नेपालको कल्चर त हिनियस्, हामीले विज्ञान फलो गर्नुपर्छ, विज्ञान नै हाम्रो मूल हो भनेर अल्बर्ट आइन्सटाइन‚ इजाक न्युटनलाई पनि विज्ञान सिकाउन खोज्नेहरू।

९. अर्का हुन्छन् फुलबुट्टे ग्रुप- बिहान एकचोटी र बेलुका एकचोटी ‘सम्झना मनैमा’ लेखेर भएभरकालाई मेन्सन गर्नेहरू। त्यस्ताले चैं ‘ल घाम लागो’ भनेर लेखे भने नि २० रिट्विट कट्छन्। दादा, बहिनी बनाउने प्रचलन त्यहीँबाट आएको हो।

१०. यसमा चैं उमेर ११ कट्न पाएको छैन। अंग्रेजीमा supercalifragilisticexpialidocious लेखेर अलिकिति समसामयिक ट्वीट लेख्नेलाई अंकलको दर्जा झुण्ड्याइदिने। आफू आधुनकिमा पनि अतिआधुनिक अरू चैं सब प्रिमिटिभ फेलो सम्झनेहरू। यी चैं ऐनामा उभिएर आइफोन देखाएर फोटो खिच्ने खाले हुन्।

११. यिनीहरू चैं रोनाल्डो र मेस्सीभन्दा नि जान्ने। सचिन तेन्दुलकरलाई ब्याट कसरी समाउने भनेर सिकाउने। जतिसुकै वरिष्ठ हुन् एउटी राम्री केटीले जुनसुकै होस् कुनै क्लबको जर्सी लगाएको फोटो डिपी राखी भने फलो गर्न कुदिहाल्ने। ताकी अर्कै टीमकी परी भने पनि आर्गू गर्ने निहूँले बोल्न त पाइन्छ

१२. अर्का हुन्छन्, लुसुलुसु गर्दै चारैतिरका कुरा सुन्न र जताततै छुस्स छुस्स केही न केही छोड्दै हिँड्नेखाले। यस्तालाई चैं यताका कुरा उता र उताका कुरा यता ल्याउँदैमा फुर्सद हुँदैन। केही केहीले यस्तालाई पुरूष गनपतरेको संज्ञा पनि दिएका छन्।

१३. अर्काथरी हुन्छन्- महिला चैं महिला नै हो तर पुरूषजस्तो बन्न खोजेर महिलावादीलाई नै चक्मा दिएर पुरूषको मन मष्तिस्कमा बस्न रूचाउनेहरू। यस्ता चैं सिधै सिंगुरी खेल्न नसके मेन्सनबाट बाहिरिएर रीस उठेकालाई ब्लक गरेर तिनहरूको खेदो खन्नेहरूलाई पनि यही क्याटेगोरीमा समाहित गरेको छु।

१४. अर्काथरी हुन्छन्- सबैको प्यारो बन्न खोज्ने। केटी भनेसी हुरूक्कै। हरेक केटीको ट्वीटको मुनी रिप्लाई गर्नैका लागि ट्वीटर खोल्नेहरू। यिनीहरू लाइक, लिटेरल्ली क्याटेगोरीमा पर्छन्।

गिटार बजाएर केटीको अलेले पाएर मन जित्न खोज्ने पनि यही क्याटेगोरीमा पर्छन्।

१५. के के न तार्किक कुरा लेखेंजस्तो गर्ने तर साउनमा आँखा फुटेको गोरूजस्ता। जे कुरामा नि जान्ने हुनुपर्ने। महिलाका अधिकारदेखि लिएर बालबालिका संरक्षण तथा संवर्द्धका विभाग हुन नसकेका अध्यक्षसम्म भइ टोपल्नेहरू।

यस्तालाई अग्रज दादाहरूले गनपतरेको संज्ञा प्रदान गर्नुभएको छ।

१६. यी चैं मलाई बढो भयंकर लाग्छन्। यस्ता व्यक्तिहरू ट्वीटरमा धेरै नै होलान्। सन् २०१७ मा जोइन भएर सन् २०२० मा आएर ‘ट्वीटर त पुरानै ठीक’ भन्नेहरू। यिनीहरू आफैंले आफैंलाई रैथाने ट्विटे हुँ भनेर देखाउन खोज्ने क्याटेगोरीमा पर्छन्।

१७. अनि आउँछन्। यो ट्वीटमा ‘म चैं यो क्याटेगोरीमा परेछु’ भन्दै नाक फुलाउँदै आउनेहरू। तिनीहरूका लागि कुनै क्याटेगोरी नै छैन। त्यस्ताका लागि के क्याटेगोरी बनाउनु। क्याटेगोरीकै लाज भनेर मैले त्यो चैं बनाइनँ। मलाई माफ गर्दिनुहोला है।

१८. आर्काथरी हुन्छन्- बाब्बा भयंकर विद्वान्। किताब पढेर दुनियाँ बुझसकेका। अरूलाई कुनै किताब सजेस्ट गर्नुपर्यो भने किताब राख्ने र्‍याकको फोटो पठाउनेहरू। यस्ताले चैं मकार प्रयोग गर्ने, चुरोट खाने, जी तान्नेसम्म पनि गर्छन्। आफुलाई युनिक र मानवमध्येकै महामानव देखाउनका लागि।

१९. यसमा हुन्छन्- अटेन्सन पाउनकै लागि फुटबल र क्रिकेटमा अरुले हान्यो भनेको देख्नासाथ हुर्रे लेख्नेहरू ताकी सबैले कूल गर्ल भनुन्। यसो मार्केटमा नयाँ नयाँ राम्रा केटा देखेसी आइस्यो र गइस्यो ठोक्नेहरू पनि यही क्याटेगोरीमा पर्छन्।

२०. यो क्याटेगोरीमा चैं अटेन्सन कसरी सिक्ने भन्दै अटेन्सन सिक्नेहरू। यस्ता ट्विटेलाई कसले कसरी अटेन्सन सिकिराछ। यो बेलामा के लेख्दा अलिक बढी अटेन्सन सिकिन्छ भन्ने थोडा बहुत ज्ञान हुन्छ। (आफूलाई किन तल पार्नु हैन?😂)

२१. यी चैं बुढोको कुरो गर्ने, छोरा छोरीका कुरा गर्ने। आज बूढोले यस्तो भने। हिजो छोरीले यसो गरी भन्दै अटेन्सन सिक्नेहरू। यिनर्का बुढा र छोराछोरीसँग समाजको दूर दूरसम्म पनि नातो हुँदैन। त्यही पनि यिनर्का बुढाका कच्कच र छर्छोरीका गुनगुन हाम्ले सुन्दिनुपर्छ।

२२. एकथरी हुन्छन्। प्रेमिल साइत्ते, झरी साइत्ते लेख्नेहरू। यिनीहरूका नजरमा सधैं सबै केटीहरू बहिनी हुन्छन् र केटीका लागि केटाहरू दादा। १७ वर्षको केटोले व्यवहारिक ट्विट लेखिरहँदा २७ वर्षकी उसकी बुने आएर हामी छम् दादा भनेर अटेन्सन सिक्ने ग्रुप।

Share this Scrolly Tale with your friends.

A Scrolly Tale is a new way to read Twitter threads with a more visually immersive experience.
Discover more beautiful Scrolly Tales like this.

Keep scrolling