Pradīp Ghimire Profile picture
Linguistics Enthusiast • Vedic Astronomy • Sanskrit • History • Journalism • Cultural and Religious History of South Asia (Classical Indology)
Oct 17, 2020 19 tweets 3 min read
कुन मन्दिरमा कुन जातीका पुजारी छन्? T H R E A D 👇👇👇👇👇👇 १) बराहक्षेत्र मन्दिरमा कुनैपनि पर्वमा मगरलाई अगाडि राखिन्छ, जसलाई कोठारी भनिन्छ। दसैँमा पहिला कोठारीलाई टिका लगाएपछि मात्रै अरूका लागि टिका खुल्ने गर्छ।

२) मुक्तिनाथ मन्दिरमा प्राचिनकालदेखि भोटे, शेर्पा जातिको कन्या पुजिन्छ। ++
Sep 17, 2020 32 tweets 5 min read
प्रश्नोत्तरी T H R E A D 👇👇👇👇👇 अपारसंसारसमुद्रमध्ये
सम्मज्जतो मे शरणं किमस्ति।
गुरो कृपालो कृपया वदैत- द्विश्वेशपादाम्बुजदीर्घनौका॥१॥

-प्रश्न : हे दयामय गुरुदेव! कृपा गरेर यो बताइदिनुस् कि अपार संसाररुपी समुद्रमा डुबिरहेकाहरूको आश्रय के हो?

-उत्तर : विश्वनाथ परमात्माको चरणकमलरूपी नौका।+
Sep 13, 2020 23 tweets 3 min read
अटेन्सन कसरी सिक्ने? T H R E A D 👇👇👇👇👇👇 १. एक चक्कर आफ्ना भरखर जन्मेका केटाकेटीको फोटो हाल्ने। कुन चैं बच्चाको फोटोमा aww, olelele, how cute🥰, olelele melo babu आउँछ। त्यो फोटो दैनिक बिहान खाना खाएपछि र बेलुका सुत्नुअघि हाल्ने।
Aug 11, 2020 19 tweets 3 min read
#श्रीकृष्णजन्माष्टमी

द्वापर युगको कुनै समयमा सबै गोपिनीहरूले देवीको व्रत राखेछन्। व्रतको समाप्तीमा बनाइएका मिष्ठान्न, फलाहारहरू कि आफूले सबैभन्दा मन पराएको मान्छे, कि मित आदि इत्यादिलाई दिनू कोही पनि नभए गंगामा बहाइदिनू भनेको भएर सबै गोपिनी फलाहार, मिष्ठान्न लिएर कृष्णकहाँ गए+ कृष्ण वनमा गाई चराउँदै चौरको एउटा कुनामा टुसुक्क बसेर बाँसुरी बजाउनमा व्यस्त थिए। त्यहीक्रममा गोपिनी पुगे। र सबै वृत्तान्त सुनाएर फलाहार ग्रहण गरिदिन आग्रह गरे। कृष्णले बाँसुरी बजाउन छाडी मन्द मुस्कानमा उठेर सबै गोपिनीलाई भने, ‘हे गोपिनी हो! तिमीहरूको कामना मैले बुझेको छु।+
Mar 9, 2020 6 tweets 1 min read
स्त्रिय: समस्ता: सकला जगत्सु।
- मार्कण्डेय पुराण

(हे देवी ! संसारमा जति पनि स्त्रीहरू छन् , ती सबै तपाईंकै स्वरूप हुन् । ) यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:
-मनुस्मृति:

(जहाँ नारी पुजिन्छन् देवताहरू त्यहाँ मात्र प्रसन्न हुन्छन् । जहाँ नारीको सम्मान हुँदैन , त्यहाँ सबै कर्म निष्फल हुन्छन् ।)