Pradīp Ghimire Profile picture
Linguistics Enthusiast • Vedic Astronomy • Sanskrit • History • Journalism • Cultural and Religious History of South Asia (Classical Indology)

Sep 17, 2020, 32 tweets

प्रश्नोत्तरी T H R E A D 👇👇👇👇👇

अपारसंसारसमुद्रमध्ये
सम्मज्जतो मे शरणं किमस्ति।
गुरो कृपालो कृपया वदैत- द्विश्वेशपादाम्बुजदीर्घनौका॥१॥

-प्रश्न : हे दयामय गुरुदेव! कृपा गरेर यो बताइदिनुस् कि अपार संसाररुपी समुद्रमा डुबिरहेकाहरूको आश्रय के हो?

-उत्तर : विश्वनाथ परमात्माको चरणकमलरूपी नौका।+

बद्धो हि को यो विषयानुरागी
का वा विमुक्तिर्विषये विरक्ति:।
को वास्ति घोरो नरक: स्वदेह-
स्तृष्णाक्षय: स्वर्गपदं किमस्ति॥

-प्र : वास्तवमै बाँधिएको को छ?
-उ : जो विषयमा आसक्त छ।
-प्र : विमुक्ति के हो?
-उ : विषयको वैराग्य।
-प्र : घोर नरक के हो?
-उ : आफ्नो शरीर।
+++

प्र : स्वर्गको पद के हो?
उ : तृष्णी नाश हुनु नै स्वर्गको पद हो।

संसारहृत्क: श्रुतिजात्मबोध:
को मोक्षहेतु: कथित: स एव।
द्वारं किमेकं नरकस्य नारी
का स्वर्गदा प्राणभृतामहिंसा ॥३॥

प्र : संसारलाई हर्ने को?
उ : वेदोत्पन्न आत्मज्ञान।
प्र : मोक्षको कारण?
उ : आत्मज्ञान।
++

प्र : नरकको प्रधान द्वार?
उ : सौर्या
प्र : स्वर्ग प्राप्त केले गराउँछ?
उ : जीवमात्रको अहिंसा।

शेते सुखं कस्तु समाधिनिष्ठो
जागर्ति को वा सदसद्विवेकी।
के शत्रव: सन्ति निजेन्द्रियाणि
तान्येव मित्राणि जितानि यानि ॥४॥
+++

प्र : वास्वमै आनन्दले को निदाउँछ?
उ : जो परमात्माको स्थितिमा स्थित छ।
प्र : यसरी ना तो जाग्दछ?
उ : सत्/असत् तत्वलाई जान्नेवाला
प्र : शत्रु को?
उ : आफ्नै इन्द्रियहरू (तर जसले यसलाई जितेका छन्, उनीहरूका लागि यिनीहरू नै मित्र हुन्।)++

को वा दरिद्रो हि विशालतृष्ण:
श्रीमांश्च को यस्य समसित तोष: ।
जीवन्मृत: कस्तु निरुद्यमो य:
किं वामृतं स्यात्सुखदा निराशा ॥५॥

प्र : धनी को?
उ : जसलाई चौतर्फी सन्तोष छ।
प्र : जिउँदै मरेको को?
उ : जो पुरूषार्थहीन छ।
प्र : अमृत के हुन सक्छ?
उ : सुख दिनेवाला निराशा (आशाहीन हुनु)
++

पाशो हि को यो ममताभिमान:
सम्मोहयत्येव सुरेव का स्त्री ।
को वा महान्धो मदनातुरे यो
मृत्युश्च को वायपश: स्वकीयम् ॥६॥

प्र : वास्तविक फाँसी के हो?
उ : ‘म’ र ‘मेरो’ भन्ने भाव।
प्र : मदिराझैं मोहित गर्नेवाला को छ?
उ : नारी।
प्र : सबैभन्दा बढी अन्धो को?
उ : जो कामवश व्याकुल छ।
++

प्र : मृत्यु के हो?
उ : अपकीर्ति।
++

को वा गुरूर्यो हि हितोपदेष्टा
शिष्यस्तु को यो गुरूभक्त एव।
को दीर्घरोगो भव एव साधो
किमौषधं तस्य विचार एव।।७।।

प्रः गुरू को?
उः जो केवल हितको मात्र उपदेश गर्दछ।
प्रः शिष्य को?
उः जो गुरूको श्रद्धा गर्छ/गुरूभक्त छ।
प्रः सबैभन्दा ठूलो रोग के हो?
उः बार बार लिइने जन्म।
++

प्रः त्यसको औषधि के हो?
उः परमात्माको स्वरूपको मनन।

किं भूषणाद्भूषणमस्ति शीलं
तीर्थं परं किं स्वमनो विशुद्धम्।
किमत्र हेयं कनकं च कान्ता
श्राव्यं सदा किं गुरुवेदवाक्यम्।।८।।
++

प्रः सबैभन्दा उत्तम भूषण/गहना के?
उः उत्तम चरित्र
प्रः सबैभन्दा उत्तम तीर्थ के हो?
उः विशेषरूपले शुद्ध गरिएको आफ्नो मन
प्रः यो संसारमा त्याग्न योग्य के छ?
उः काञ्चन र कामिनी।
प्रः सधैं मन लगाएर सुन्न योग्य के छ?
उः वेद र गुरूका वचन।
++

के हेतवो ब्रह्मगतेस्तु सन्ति
सत्संङ्गतिर्दानविचारतोषाः ।
के सन्ति सन्तोऽखिलवीतरागा
अपास्तमोहाः शिवतत्त्वनिष्ठाः ।।९।।

प्रः परमात्मा प्राप्तिका साधन के हुन्?
उः सत्संग, सात्त्विक दान, परमेश्वरको स्वरूपको मनन र सन्तोष।
+++

प्रः महात्मा को हो?
उः सांसारिकताबाट जसको आसक्ति हटिसकेको छ, जसको अज्ञान पूर्णतः नष्ट भइसकेको छ, जो कल्याणरूप परमात्म तत्त्वमा स्थित छ।

को वा ज्वरः प्राणभृतां हि चिन्ता
मूर्खोऽस्ति को यस्तु विवेकहीनः।
कार्या प्रिया का शिवविष्णुभक्तिः
किं जीवनं दोषविवर्जितं यत्।।१०।।
++

प्रः प्राणीहरूका लागि वास्तवमै ज्वर के हो?
उः चिन्ता।
प्रः मूर्ख को हो?
उः जो विचारहीन छ।
प्रः गर्न योग्य क्रिया के हो?
उः शिव र विष्णुभक्ति।
प्रः वास्तविक जीवन के हो?
उः जो सर्वदा निर्दोष हुन्छ।
++

विद्या हि का ब्रह्मगतिप्रदा या
बोधो हि को यस्तु विमुक्तिहेतुः।
को लाभ आत्मावगमो हि यो वै
जितं जगत्केन मनो हि येन ।।११।।

प्रः कस्तो विद्या वास्तविक विद्या हो?
उः परमात्मालाई प्राप्त गराउने विद्या नै वास्तविक विद्या हो।
++

प्रः वास्तविक ज्ञान के हो?
उः जुन ज्ञानले यथार्थ बोध (मुक्तिको कारण) गराओस्।
प्रः वास्तविक लाभ के हो?
उः परमात्माको प्राप्ति।
प्रः संसार कसले जित्यो?
उः जसले आफ्नो मन जित्यो।
++

शूरान्महाशूरतमोऽस्ति को वा
मनोजबाणैर्व्यथितो न यस्तु।
प्राज्ञोऽथ धीरश्च समस्तु को वा
प्राप्तो न मोहं ललनाकटाक्षै।।१२।।

प्रः वीरमध्ये महावीर को हो?
उः जो कामवाणले समेत वशमा पर्दै।
प्रः बुद्धिमान्, समदर्शी र धीर पुरुष को हो?
उः जसलाई स्त्रीको कटाक्षले समेत प्रभावित पार्न सक्दैन।+

विषाद्विषं किं विषयाः समस्ता
दुःखी सदा को विषयानुरागी।
धन्योऽस्तु को यस्तु परोपकारी
कः पूजनीयल शिवतत्त्वनिष्ठः ।।१३।।

प्रः विषमध्ये पनि महाविष कुन हो?
उः विषयभोग।
प्रः सधैं दुःखी को हुन्छ?
उः जो सांसारिकतामा आशक्त छ।
प्रः धन्य को हो?
उः जो परोपकारी छ।
++

प्रः पूजनीय को हो?
उः जो कल्याणरूप परमात्म तत्त्वमा स्थित छ।

सर्वास्ववस्थास्वपिकिन्न कार्यं
किं वा विधेयं विदुषा प्रयत्नात्।
स्नेहं च पापं पठनं च धर्मं
संसारमूलं हि किमस्ति चिन्ता।।१४।।

+++

प्रः जुनसुकै अवस्थामा पनि विद्वानले गर्न नहुने कार्य के हो?
उः संसारमा आशक्ति, पाप।
प्रः गर्न हुने कार्य के हो?
उः सद‌्‌ग्रन्थको अध्ययन र धर्म पालन।
प्रः संसारको जड के हो?
उः यसैको चिन्तन।
++

विज्ञानन्महाविज्ञतमोऽस्ति को वा
नार्या पिशाच्या न च वाञ्चितो यः।
का श्रङ्खला प्राणमृतां हि नारी
दिव्यं व्रतं किं च समस्तदैन्यम्।।१५।।

प्रः समझदारमध्ये पनि समझदार को हो?
उः जसलाई कामिनीले समेत ठग्न सक्दैनन्।
प्रः प्राणीका लागि पिशाच के हो?
उः कामिनी।
++

प्रः उत्तम व्रत के हो?
उः पूर्णतः विनयभाव।

ज्ञातुं न शक्यं च किमस्ति सर्वै-
र्योषिन्मनो यच्चरितं तदीयम्।
का दुस्त्यजा सर्वजनैर्दुराशा
विद्याविहीनः पशुरस्ति को वा।।१६।।

प्रः जो कोहीका लागि के जान्न सम्भव छैन?
उः स्त्रीको मन र चरित्र।
++

प्रः के त्याग्न अत्यन्त कठिन छ?
उः खराव वासना (विषयभोग र पापको कामना।)
प्रः पशु को हो?
उः जो सद्‌विद्याले रहित छ।

वासो न सङ्गः सह कैर्विधेयो
मूर्खैश्च नीचैश्च खलैश्च पापैः।
मुमुक्षुणा किं त्वरितं विधेयं
सत्सङ्गतिर्निर्ममतेशभक्तिः।।१७।।
++

प्रः को को सँग बस्नु र संगत गर्नु हुँदैन?
उः मूर्ख, नीच, दुष्ट र पापी।
प्रः मुक्ति चाहनेले तुरून्त गर्नुपर्ने के हो?
उः सत्संग, ममताको त्याग र परमेश्वर भक्ति।

लघुत्वमूलं च किमर्थितैव
गुरत्वमूलं यदयाचनं च।
जातो हि को यस्य पुनर्न जन्म
को वा मृतो यस्य पुनर्न मृत्युः।।१८।।
++

प्रः सानो हुनुको जड के हो?
उः याचना।
प्रः कसको जन्म सह्रानीय छ?
उः जसको फेरि जन्म नहोस्।
प्रः कसको मृत्यु सराहनीय छ?
उः जसको फेरि मृत्यु नहोस्।

मूकोस्ति को वा बधिरश्च को वा
वक्तुं न युक्तं समये समर्थः।
तथ्यं सुपथ्यं न श्रृणोति वाक्यं
विश्वासपात्रं न किमस्ति नारी।।१९।।
++

प्रः लाटो को हो?
उः जो बोल्नैपर्ने ठाउँमा बोल्न सक्दैन।
प्रः बहिरो को हो?
उः जो हितकारी वचन सुन्न सक्दैन।
प्रः को विश्वास गर्न योग्य छैन?
उः कामिनी।

तत्त्वं किमेकं शिवमद्वितीयं
किमुत्तमं सच्चरितं यदस्ति।
त्यज्यं सुखं किं स्त्रियमेव सम्यग्
देयं परं किं त्वभयं सदैव ।।२०।।
++

प्रःत्यो एक तत्त्व के हो?
उः परमात्म।
प्रः सबैभन्दा उत्तम के हो?
उः आचारण।
प्रः कस्तो सुख त्याग्नयोग्य छ?
उः कामिनीबाट प्राप्त सुख।
प्रः दिन योग्य उत्तम दान के हो?
उः अभय।

शत्रोर्महाशत्रुतमोऽस्ति को वा
कामः सकोपानृतलोभतृष्णः
न पूर्यते को विषयैः स एव
किं दुःखमूलं ममताभिधानम्।२१।+

प्रः शत्रुमध्ये ठूलो शत्रु कुन हो?
उः क्रोध, झुठ, लोभ र तृष्णासहित काम।
प्रः विषयभोगबाट को तृप्त हुँदैन?
उः कामना।
प्रः दुःखको कारण के हो?
उः ममता नामक दोष।

किं मण्डनं साक्षरता मुखस्य
सत्यं च किं भूतहितं सदैव।
किं कर्म कृत्वा न हि शोचनीयं
कामारिकंसारिसमर्चनाख्यम्।।२२।।
+++

प्रः मुखको गहना के हो?
उः विद्वता।
प्रः सत्कर्म के हो?
उः प्राणीको हित।
प्रः के कर्म गर्दा पछुताउनु पर्दैन?
उः शिव र श्रीकृष्णको पूजनरूप कर्म।

कस्यास्ति नाशे मनसो हि मोक्षः
क्व सर्वथा नास्ति भयं विमुक्तौ।
शल्यं परं किं निजमूर्खतैव
के के ह्युपास्या गुरुदेववृद्धा।।२३।।
++

प्रः केको नाशबाट मोक्ष प्राप्त हुन्छ?
उः मन।
प्रः केमा कहिले भय हुँदैन?
उः मोक्ष।
प्रः सबैभन्दा बढी कष्टदायक चीज के हो?
उः मूर्खता।
प्रः उपासनाको योग्य को छ?
उः देवता, गुरू र वृद्ध।
++

उपस्थिते प्राणहरे कृतान्ते
किमाशु कार्यं सुधिया प्रयत्नात्।
वाक्कायचित्तैः सुखदं यमघ्नं
मुरारिपादाम्बुजचिन्तनं च ।।२४।।

प्रः मृत्यु शय्यामा भएको बेला बुद्धिवान व्यक्तिले के गर्नुपर्छ?
उः सुखदाता, मृत्युनाशक भगवान् मुरारीको चरण कमलको तन, मन र वचनले चिन्तन गर्नुपर्दछ।
++

Share this Scrolly Tale with your friends.

A Scrolly Tale is a new way to read Twitter threads with a more visually immersive experience.
Discover more beautiful Scrolly Tales like this.

Keep scrolling