Sudip Khadka Profile picture
Virologist, Research Scientist @Stanford University, Photographer, Traveller, Father, Knowledge gobbler

Sep 28, 2022, 7 tweets

१. डेङ्गु लागेका ४ मा १ जना मा मात्र लक्षण देखिने हुन्छ। लक्षण देखिने मध्ये पनि १०० मा ५ जना लाई मात्र गम्भीर लक्षण देखिन्छ। बाँकी सबैमा सामान्य ज्वरो आउने, ज्यू दुख्ने, आलस्य हुने जस्ता हल्का लक्षण मात्र देखिन्छ।

२. अलिक सिकिस्त हुन थालेपछि मात्र उपचार को खोजि हुने र डेङ्गु निर्क्योल झन् त्यो भन्दा पनि कम केसमा मात्र गरिने हुँदा
समाजमा अहिले देखिएको भन्दा निकै व्यापक रूपमा डेङ्गु फैलिसकेको अनुमान गर्न सकिन्छ।
डेङ्गु लगाउने भाइरस ४ प्रकारका हुन्छन्।

३. एक प्रकारले संक्रमण गरेपछि शरीरले त्यसका विरुद्ध एन्टीबडी बनाउँछ र प्रतिरोध क्षमता विकसित गर्दछ। त्यही प्रकार बाट संक्रमण हुन बाट जोगाउछ।
तर अर्को प्रकारको डेङ्गु संक्रमण भएको खण्डमा भने पूर्ववर्ती सङ्क्रमणपछि बनेका एन्टीबडीले उल्टै संक्रमण बढाउँछ।

४. दोश्रो प्रकारले संक्रमित व्यक्तिमा गम्भीर लक्षणका साथ मृत्यु सम्म हुने सम्भावना बढेर जान्छ। अहिले संक्रमण भएर लक्षण केही नदेखिएका व्यक्तिमा समेत जोखिम अत्यधिक बढेर जान्छ। तत्काल खोप वा औषधि उपलब्ध नभएको हुँदा भविष्यमा यो समस्या विकराल बन्ने सम्भावना उत्तिकै छ।

५.एक पटक डेङ्गु लागेपछि जीवनभर अर्को प्रजातिले संक्रमण नगरोस् भनेर सतर्क रहनु पर्छ। हल्का रुपमा नलियौ। सतर्क रहौं, लामखुट्टे नियन्त्रण गरौं, डेङ्गु बाट बचौ।
@thapagk @brb1954 @mohpnep @Hello_Sarkaar @PM_nepal_ @sagarb1996 @GaniAnsarii @yuvrajdai @subedibinu @NAYA_PATRIKA

Share this Scrolly Tale with your friends.

A Scrolly Tale is a new way to read Twitter threads with a more visually immersive experience.
Discover more beautiful Scrolly Tales like this.

Keep scrolling