ग्लामर क्षेत्रमा हुने ठ्याक्कै, यो मुद्दा उठाउन मैले @PlanNepal (sorry to mention but you have to know it) को प्रोटेक्कट परियोजना अन्तर्गत अर्को एउटा संस्थाले बनाईरहेको रेडियो नाटकमा कोसिस गरेको थिएँ तर त्यो संस्था भित्रै, मैले दुर्व्यवहार भोग्नु परेको थियो ।
#1
त्यो व्यवहार मन नपरेपछि मैले ती व्यक्तिलाई छुट्टै भेटेर नम्रतापूर्वक 'त्यो नियत थिएन होला तर तपाईंको अभिव्यक्ति मलाई मन परेन भनेँ । म यस्तै हो मेरो व्यवहारमा कसले के सोच्छ त्यो मेरो समस्या होइन भन्ने जवाफ आयो ।
#2
मलाई त्यस्तो व्यवहार गरेको मिटिङमै, त्यहाँ अर्को महिला कर्मचारीमाथी पनि असंवेदनशील टिप्पणी भएको थियो र मैले मेरो कुरा गर्दा त्यो विषय पनि उठाएको थिएँ । तर अरूको विषय उसले नै नबोलेपछि तपाईं किन बोल्नु पर्यो भनियो ।
#3
त्यसपछिका दिनमा उनको रवैया झन बढ्यो, मैले प्रश्न गरेँ भनेर थप खराब रुप देखाए । सम्झौता पत्रमा लेखिएको मेरो पारिश्रमिक पनि रोकिदिए । तत्कालीन समयमा, महिलाले नेतृत्व गरेको त्यो संस्था, मैले उनलाई पनि सबै कुरा भनेँ, उनले मेरो भोगाइ प्रति क्षमा मागिन तर
#4
तर उनी त्यो जिम्मेवारीबाट बाहिर निस्कँदै गरेको जानकारी गराइन । मैले त्यो संस्थाको केन्द्रीय कार्यालयमा आफूले भोगेको मिति सहित सबै कुरा इमेलमा लेखेँ । जुन मुद्दामा काम गर्नु छ, तपाईंको संस्था नै त्यसमा यति कमजोर रहेछ कुन नैतिकताको आधारमा काम गर्नुहुन्छ भनेर प्रश्न पनि गरेँ ।
#5
केन्द्रीय कार्यालयले भुक्तानी त गराइदियो तर बाँकि कुनै एक्सन लिएको थिएन ।
#6
सुधारको अपेक्षा गरेर प्रश्न गरिन्छ, गल्ति भएको वा, गतल तिर जान लागेको संकेत पाएपछि सुधार गर्नु पर्छ, प्रश्नसँग प्रतिसोध साँधेर बस्दिन्छन् मान्छे ।
र अन्त्यमा
वकालत गर्ने संस्थाहरूको नै यो हदको कमजोरी हुनु भनेको नै झन् ठूलो अपराध हो । अरूलाई पाठ पढाउने अनि टिम भित्रै #harassment#bullying#discrimination र #victimisation मा आँखा चिम्लिने चरित्र कृपया बन्द गरौँ । 🙏🙏
दुर्व्यवहार भयो भने चुप लाग्न हुन्न भनेर वकालत गर्ने र त्यस्तै परियोजना चलाउने @EqualAccessIntl मा दुर्व्यवहार विरुद्धको परियोजनामै काम गर्दा यो सब भोग्नु पर्यो । पोलिसीमा टेकेर उजुरी गर्दा त्यसलाई 'कन्फ्लिक्ट' भन्ने शब्द प्रयोग गरेर मलाई थप चोट पुर्याएको छ EAI Headquarter ले ।
के अन्यायको विरुद्ध आवाज उठाउनु द्वन्द निम्त्याउनु हो? हो भने, किन पैसा खर्चेर आम मानिसलाई आवाज उठाउन प्रेरित गर्ने काम गर्ने? पोलिसीमा टेकेर मैले HQ मा कुरा गरेको थिएँ । देखाउन मात्र हो भने, पोलिसी नबनाउनुस न, यस्तै त हो भनेर हिडिन्छ ।
पिडितलाई Conflict निम्त्याएको भन्ने आरोप लाएर शक्तिको आडमा पिडक पोस्न पोलिसी किन बनाउनु पर्यो? तपाईंलाई आफ्नो क्षेत्रमा काम गर्ने नैतिक धरातल बलियो पार्न हुन अनुरोध गर्दछु । मेरो गल्ती थियो भने मेरो रोकिएको पेमेन्ट किन रिलिज गरेको ? थिएन भने पेमेन्ट रोक्दिने माथि किन मौन बसेको?
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh