#सामाजिक_सुरक्षा_ऐन_२०७५ को प्रस्तावनामै के कस्ता ब्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने भन्ने उल्लेख गरेको भन्दा फरक ढंगमा दफाहरुमा #UniversalSocialSecurity को व्यवस्था रहेको। दफा १३ मा दोहोरो भत्ता लिन नपाउने भन्ने ब्यबस्थालाई दफा १४ को उपदफा (१) झण्डै काटेको ...
दफा १४ को उपदफा (३) ले एकीकृत प्रणालीको आधार दिएको, तर सूचना एकीकृत हुन नसकेको। यसै छिद्रलाई उपयोग गरेर दफा १५ मा भत्ता नपाउने ब्यक्तिले पनि भत्ता लिईरहेका। ...
दफा २० को उपदफा (२) बिपरित प्रदेश र स्थानीयले थप भत्ता ब्यबस्था गरेका । सरकारी रकम दुरुपयोग गरेको अवस्थामा समेत दफा २२ बमोजिम कोही कसैले उजुरी गर्नु पर्ने?
छोरा छोरी उच्च पदस्त, करोडौंको मोटर चढ्ने र आम्दानी प्रसस्त हुनेले पनि जनताले तिरेको करबाट भत्ता लिने।
हो..आवश्यकता परेकाले सामाजिक सुरक्षा लिनुलाई अन्यथा भन्न मिल्दैन। #Universal नगर्दा पाउने नागरिकले नपाउने जोखिम पनि रहने।
प्रदेश र स्थानीयको लगानी समेत गर्दा कूल ग्राहस्थ उत्पादनको झण्डै २०% सामाजिक संरक्षणमा बजेट खर्च हुनु अलिक अस्वाभाविक जस्तै बनेको छ। निशर्तलाई सशर्त र योगदान रहितलाई योगदानमा आधारित नगरे आगामी १० बर्षमा GDP को आधा नै यही क्षेत्रमा खर्च होला जस्तो बन्यो।
आगामी दिन कठिन छ!
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh