Sajan Manandhar Profile picture
Jun 21 20 tweets 4 min read Twitter logo Read on Twitter
#कथा
भाग ५
नेपालमा खडेरी लागेर हाहाकार भएपछि प्रजाहरु राजा नरेन्द्रदेव समक्ष बिन्ति गर्न गए। भो राजन ! हाम्रो नेपालमा जलबृष्टि नभएकोले हाहाकार भयो। अब के गर्ने कसो गर्ने बिचार गरिबक्सनुपर्‍यो। अनि राजाले पहिलेपहिले यसरी जलबृष्टि नहुँदा के उपाय लगाएर जलबृष्टि भयो भनी सोधे।
+++ Image
हजुरको बुबाजुको पालामा पनि यसरी अनिकाल लाग्दा सर्वज्ञ गुरु श्री शान्तिकर आचाजुको शरण गएर उहाँको उपदेश बमोजिम कार्य गरेपछि जल बृष्टि भएर सम्पूर्ण लोकको उद्धार भएको थियो भनी बृद्धबृद्धाहरुले भने। त्यसपछि राजा आफ्ना मन्त्री, प्रजासहित स्वयम्भुमा श्री शान्तिकर आचाजुको शरणमा गए।
+++
राजालाई देखेर शान्तिकर आचाजुले आज्ञा गर्नुभयो। भो महाराज ! हजुर के कारणले यहाँ पाल्नुभयो, आज्ञा गर्नुहोस्। अनि राजाले भन्यो। भो सर्वज्ञ महागुरु शान्तिकर आचाजु ! हामी अरु कारणले आएका होइनौ। हाम्रो देशमा जलबृष्टि नभएर खान नपाएर हाहाकार भएर सम्पूर्ण प्राणीहरु धमाधम मरेर गए।
+++
अब हजुरले लोककल्याणको निम्ति जलबृष्टि गराउन धर्म–कर्म शान्ति स्वस्ति गर्ने उपाय आज्ञा गर्नुपर्‍यो। यो सुनेर राजालाई भन्यो। भो राजन ! हजुरले अहिलेसम्म निकै पाठ पूजा शान्ति स्वस्ति गर्नुभयो। त्यैपनि जलबृष्टि भएन। यसको कारण छ। म भन्छु सुनिबक्स्योस्।
+++
हाम्रो नेपाल देशमा श्रीकरुणामयका शिष्य, नारायणका अंश गोबरबाट जन्म भएका गोरखनाथ भनेर प्रसिद्ध भएका कानफत्ता योगी आएर मृगस्थलीमा गएर नवनागराजको आसन बनाएर तपस्या गरेर बस्नुभएको छ । त्यसैले ती गोरखनाथ उठेर नागराजहरु मुक्त नभएसम्म जलबृष्टि हुँदैन।
+++
राजाले अब गोरखनाथलाई कसरी उठाउने भनी सोध्यो। अनि गुरुले भन्नुभयो, भो राजन! यिनी श्रीकरुणामयका शिष्य हुन्। जबरजस्ती गरेपनि, बिन्ति गरेपनि उठ्दैनन्। श्रीकरुणामयका अंश लोकनाथ नेपालमा ल्याएपछि मात्र आफ्ना गुरु दर्शन गर्न उठ्नेछन्। त्यसैले लोकनाथलाई नेपाल ल्याउने कार्यमा लाग्नुस्।
+++
भो गुरु ! श्री लोकनाथ अहिले कहाँ हुनुहुन्छ, उहाँलाई नेपालमा कसले ल्याउने भनेर राजाले सोधेपछि शान्तिकर गुरुले भन्नुभयो। भो राजन ! नअतालिनुहोस्। उहाँ अहिले कामुनी भन्ने क्षेत्रमा यक्षगणका राजा शशीका ५०० पुत्रमध्ये कान्छा पुत्रको रुपमा जन्म लिई आफ्नो बाल लीला देखाउँदै हुनुहुन्छ।
+++
राजाले फेरी सोधे। भो गुरु ! कामुनी क्षेत्र भनेको कहाँ छ? कसरी जाने? कसले लग्ने? जसरी पनि श्री लोकनाथ यहाँ ल्याएर जलबृष्टि गराएर सम्पूर्णको उद्धार गर्नुपर्‍यो। नत्र म राजा भएर बसेर मात्र के गर्ने? सबैले मलाई महापापिष्ट भन्नेछन्। अब हजुरले नै यस कार्यमा कृपा गर्नुपर्‍यो।
+++
त्यसपछि गुरु शान्तिपुर भित्र छिरेर जातिस्मरण भन्ने समाधिमा बसेर ध्यान गर्नुभयो र आफ्नो पूर्वजन्मको कुरा सम्झेर फेरी राजाकहाँ आई आज्ञा गर्नुभयो। भो राजन ! श्री लोकनाथको कुरा सुनिबक्स्योस्। म पूर्वजन्ममा म्हेपीको योगाम्बर पिठमा सिद्धि प्राप्तीको लागी नित्य सेवा गर्ने गर्थें।
+++
त्यसैक्रममा एकदिन म पूजा गर्न गएको बेला मलाई थाहा नदिइकन मेरा १० वर्षको छोरा पछि पछि आयो। अनि मैले पिठेश्वरी मातृका देवीहरुको पूजा गरी ऋद्धि सिद्ध माग्दै थिएँ। त्यही बेला देवी प्रकट भई आज्ञा भयो। हे महापुरुष ! तिम्रो भक्ति देखेर हामी कृतार्थ भयौं। आज तिमीलाई बरदान दिने दिन।
+++
त्यसैले आज तिमीले हामीलाई बलि देउ भन्यो। त्यसपछि मैले भनें। भो ईश्वरी ! म हिंसा पनि गर्दिन र मैले त्यस्तो केही ल्याएको पनि छैन। के बलि दिउँ। मलाई क्षमा गर्नुहोस् भनेर बिन्ति गरें। अनि देवीहरुले तिमीले आज हामीलाई भोग दिनैपर्छ। तिम्रो पछिपछि आउनेको भोग देउ भनेर भन्यो।
+++
देवीहरुको आज्ञाबमोजिम पछाडी फर्केर हेर्दा आफ्नो छोरा देखेर के गर्ने के गर्ने भएर रुँदै बिन्ति गरें। भो ईश्वरीहरु। क्षमा गर्नुहोस्। मेरो सन्तानको नाम यही छोरामात्र छ। कसरी यसको बलि दिउँ? देवीहरुले भन्नुभयो। भो मानव! यस बच्चा तिम्रो पुत्र होइन। साक्षात् श्री करुणामयको अवतार हो।
+++
त्यसैले छोरा भनेर नबस अहिले यसको हामीलाई भोग देउ। हामी मासु र रगतमात्र भोग गर्नेछौं। यसको हाडहरु यही पिठमा गाडीराख्नु। कालान्तरमा यही हाडको बिउबाट श्री लोकनाथको मूर्ति बनाएर नेपाल देशमा रथ यात्रा हुनेछ अनि यो नेपालमा सधैं अन्न बृद्धि भई सम्पूर्ण लोकको कल्याण हुनेछ।
+++
त्यस रथ यात्रालाई कोही अज्ञानीले हेला गरे भने उसको आयुर्दा छिन्न हुनेछ र अर्को जन्ममा महादुःख हुनेछ। यो सुनेर मैले मातृका देवीहरुलाई लोकको रक्षाको लागि छोरा भोग दिएँ। देवीहरुले भोग गरिसकेपछि हाड त्यहाँ गाडेर बिन्ति गरें। हे देवी अब मैले आफ्नो पुत्रको दर्शन कहिले गर्न पाउँनेछु?
++
देवीहरुले केही भनेनन् तर त्यहाँ रहेका योगाम्बरले भन्नुभयो। हे मानव ! कालान्तरमा तिम्रो शिष्यले श्री लोकनाथ नेपालमा ल्याउनेछ र दर्शन पाउनेछौ। यति भनेर मलाई अष्टसिद्धि बर प्रसाद दिनुभयो। गुरुको यति कुरा सुनेपछि राजा नरेन्द्रदेवले खुशी हुँदै त्यसोभए यस कार्यमा बिलम्ब नगरौं भने।
+++
राजाको त्यो कुरा सुनेर शान्तिकर गुरुले काठमाडौँका आफ्ना शिष्य बन्धुदत्त आचाजुलाई बोलाउन पठायो। त्यसपछि बन्धुदत्त आचाजु पनि गुरुको अगाडी आएर बिन्ति गरे। भो गुरु ! हजुरले किन बोलाउनुभयो? मैले के गर्नुपर्‍यो भने। त्यसपछि शान्तिकर गुरुले आज्ञा गर्नुभयो।
+++
हे शिष्य बन्धुदत्त ! तिमी र महाराज दुवै कामुनी क्षेत्र गएर शशी भन्ने यक्षराजाको ५०० मध्ये कान्छा पुत्रको रुपमा लोक उद्धारको निम्ति जन्म लिएका श्री लोकनाथलाई बौद्ध तन्त्रराजेश्वरको सिद्धान्तले नाना प्रकारको ऋद्धिबाट शान्ति स्वस्ति गरेर यक्षहरुलाई मनाएर नेपाल ल्याउनुपर्‍यो।
+++
यो कार्य अरुले गर्न सक्दैन। त्यसैले तिमीलाई बोलाएको भन्ने गुरुको बचन सुनेर बन्धुदत्तले भन्यो। अहो दैव! यो मेरो अहोभाग्य हो भनेर गुरुको आज्ञा शिरोधार गरे। फेरी गुरु शान्तिकरले भन्नुभयो। हे बन्धुदत्त ! शुभ कार्यमा यसरी तेज हुनुपर्छ। आफ्नो ऋद्धि सिद्धि पनि तेज बनाएर जानु।
+++
त्यसपछि राजालाई पनि भन्नुभयो। भो राजन नरेन्द्रदेव ! अब यस कार्यमा बिलम्ब नगर्नुहोस्। बन्धुदत्त गुरु लिएर जानुहोस्। यति गुरुको बचन सुनेर राजा र बन्धुदत्तले गुरु शान्तिकरको बिन्ति गरेर हामी जाने भयौं भनेर बिदा मागे। त्यसपछि दुवै आ–आफ्नो निवास फर्केर सम्पूर्ण तयारीमा लागे।
+++
यात्रामा जान आवश्यक सामग्री बोक्ने सबैभन्दा बलियो भरिया खोजे र ललितपूरका रथचक्र किसान भेटाए। त्यसपछि सुबर्णको कलशादि पूजाका अनेक सामग्री सहित भक्तपुरका नरेन्द्रदेव राजा जजमान, काठमाडौँका बन्धुदत्त आचाजु गुरु र ललिपुरका रथचक्र किसान भरिया भएर कामुनी क्षेत्र प्रस्थान गरे।

क्रमशः

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Sajan Manandhar

Sajan Manandhar Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Don't want to be a Premium member but still want to support us?

Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal

Or Donate anonymously using crypto!

Ethereum

0xfe58350B80634f60Fa6Dc149a72b4DFbc17D341E copy

Bitcoin

3ATGMxNzCUFzxpMCHL5sWSt4DVtS8UqXpi copy

Thank you for your support!

Follow Us on Twitter!

:(