Sajan Manandhar Profile picture
the name is enough.
Jun 21, 2023 20 tweets 4 min read
#कथा
भाग ५
नेपालमा खडेरी लागेर हाहाकार भएपछि प्रजाहरु राजा नरेन्द्रदेव समक्ष बिन्ति गर्न गए। भो राजन ! हाम्रो नेपालमा जलबृष्टि नभएकोले हाहाकार भयो। अब के गर्ने कसो गर्ने बिचार गरिबक्सनुपर्‍यो। अनि राजाले पहिलेपहिले यसरी जलबृष्टि नहुँदा के उपाय लगाएर जलबृष्टि भयो भनी सोधे।
+++ Image हजुरको बुबाजुको पालामा पनि यसरी अनिकाल लाग्दा सर्वज्ञ गुरु श्री शान्तिकर आचाजुको शरण गएर उहाँको उपदेश बमोजिम कार्य गरेपछि जल बृष्टि भएर सम्पूर्ण लोकको उद्धार भएको थियो भनी बृद्धबृद्धाहरुले भने। त्यसपछि राजा आफ्ना मन्त्री, प्रजासहित स्वयम्भुमा श्री शान्तिकर आचाजुको शरणमा गए।
+++