Anup Profile picture
Internist and Infectious Diseases Physician
May 7 12 tweets 2 min read
यो लेखमा छुटेको बृहत् सन्दर्भ (बिग पिक्चर):
यो खोपका शरीरका विभिन्न अङ्गमा रगत जम्ने वा प्लेटलेट्स घट्ने साइड इफेक्ट हुन सक्छन्, कसैको मृत्यु नै पनि हुन सक्छ भन्ने त लगभग उही बेलातिरै थाहा भइसकेको थियो। अहिले केवल कम्पनी आफैंले अदालती कागजातमा त्यसको उल्लेख गरेको मात्र हो।
🧵 वैज्ञानिक प्रतिवेदनहरूले उही बेलै यस्ता पार्श्व प्रभाव खोप लगाउने १ लाख जनामध्ये २-३ जनामा मात्र हुने बताइसकेका थिए। प्रायः पहिलो डोज खोप लगाएको ६ हप्ताभित्र देखिने यो साइड इफेक्ट मैले चाहिं भर्खर खोप लगाएका सायद हजारौं बिरामी हेर्दा त्यस बेला १ जनामा पनि निदान गर्न सकेको थिइँन।
Mar 30, 2023 9 tweets 2 min read
कोभिडका केस निकै बढ्दैछन् है। सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन् तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो। केही (सायद समग्रतामा हेर्दा पहिलेका भन्दा निकै थोरै प्रतिशत्) सिकिस्त बिरामी पनि देखिंदैछन्।
त्यसैले .. रुघाखोकी, ज्वरो छ भने पहिले त आफूले मास्क लगाऔं, आइसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं। लक्षण शुरु भएको ४८ घन्टा जति पछि एन्टिजेन जाँच गराऔं। (महामारी नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण शुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै जाँदैछ।)
Dec 13, 2021 11 tweets 2 min read
विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ। 🧵 ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
२/
Sep 14, 2021 11 tweets 2 min read
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठुला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १-१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो। यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे लहरो🧵 अस्पताल "खरिद"को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला। तर मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो। यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठुलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ। २/
May 30, 2021 9 tweets 2 min read
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ। २. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।

३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई
May 16, 2021 11 tweets 2 min read
What can those who want to help from outside Nepal do?
(So many friends are asking. Let me share where I think there is the biggest bang for the buck.)
Answer: buy tons of COVID test kits (antigen & PCR), hand them over to municipalities to run mass free testing campaigns.
1/n
While all attention is on the needs of the hour –O2, ICU, ventilator, etc., let’s remember that intervention there won’t impact at all the numbers of new cases needing same things 1 week from now. (This is NOT to dissuade anyone from working on these immediate challenges.)
2/n
May 9, 2021 6 tweets 1 min read
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/ याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
Apr 8, 2021 5 tweets 1 min read
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५) अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
Apr 8, 2021 4 tweets 1 min read
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one:
1. the new variant seems to be not just more infectious, but also more lethal.
2. Due to massive unwarranted abuse of antibiotics (1/4) during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
Nov 7, 2020 11 tweets 2 min read
परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n - ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
Nov 5, 2020 4 tweets 1 min read
मेरो पेशाधर्मीता र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा प्रश्न गर्नेलाईः
मेरो अस्पतालमा मेरो कुनै खुला वा गोप्य लगानी छैन। त्यहाँका जाँच वा सेवाका दररेट तोक्न मेरो कुनै भूमिका छैन।बिरामीबाट असुलिएको पैसाअनुसार कुनै हिस्सा लिन्नँ। तलबी कर्मचारी हुँ, ७ महिनापछि यसपालि पूरा तलब पाएँ। हुनत साइबर-स्यालहरूलाई जवाफ नदिने सल्लाह माया गर्ने साथीहरूले दिनुभएको थियो। थाहा छ, स्यालहरूले हिलो छ्याप्न छोड्दैनन्। तर आफूले जतन गरेर राखेको एकसरो सुकिलो ईमान(वा वैरागी काइँलाको शब्द "भेनिटी"😀) छ, चुप लाग्न गाह्रो हुने! यसबिचमा प्रेम र हौसलाले साथ दिने सबैप्रति अनुगृहित छु।
Oct 29, 2020 7 tweets 2 min read
कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। कारणहरूः
१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक र १/६ संभवतः हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १०थरी भिटामिन आदि) पनि गर्नुपर्दैन। लक्षण शुरु भएको ८-९ दिनमाअक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि PCR पहिल्यै नगरेको हुनाले फेरि PCR पठाएर नतीजालाई थप १-२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो।२/६
Sep 9, 2020 20 tweets 6 min read
@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला। तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
Sep 5, 2020 10 tweets 3 min read
कोरोनाभाइरसको एन्टिजेन टेस्टबारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र हैन, अन्त पनि सुनेकोले फेरि कुन भँड्खालोतिर जाक्न लागे भनेर यो लहरो:
रगतमा विषाणुका "टुक्रा" छन् कि छैनन् जाँच्ने र छिटो नतीजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक फरक छन्। १/ सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजिटिव देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५% मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिव देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिव देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि PCR गर्नुपर्नेछ। cochranelibrary.com/cdsr/doi/10.10… २/
Jul 18, 2020 8 tweets 3 min read
काठमाडौं उपत्यकाका "विभिन्न ठाउँ"बाट ४८०० जनाको पिसिआर स्वाब परीक्षण गर्दा ३ जनालाई मात्र पोजिटिव देखियो रे, त्यसैले समुदायमा फैलेको छैन भन्ने निष्कर्षयुक्त समाचार पढ्दा मलाई दिक्क लागेका कुरा यो लहरोमा राख्छु। ....१/८
nayapatrikadaily.com/news-details/4… ४८००मा ३ जना अर्थात ०.०६%।अघिल्लो जनगणनाले भनेको उपत्यकाको जनसंख्या २६लाखमा त्यही दरले १५६० जना PCR पोजिटिव हुने रहेछन्।कतिपयमा संक्रमण निको भएपछि पनि PCR पोजिटिव हुन सक्छ। ल मानौं १५६०को दुई तिहाई संक्रमण सार्न नसक्ने भैसके। ५००लाई त यो क्षणमै सर्न सक्ने सक्रिय संक्रमण होला! २/८
Jun 24, 2020 25 tweets 6 min read
१/२६ साँच्चै नेपालमा समुदायमा कोरोनाभाइरसको संक्रमण फैलिएको छैन त? यो लामो लहरोमा यसको उत्तर खोतल्ने कोशिस गर्छु। यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका तलको लेखका जस्ता मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टी गर्ने प्रयास गर्नेछु।
onlinekhabar.com/2020/06/874500 २/n यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसको रूपमा मात्र लिएको छैन। टेस्टको दायरा झन् नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगका रिस्क फ्याक्टर छन् भने टेस्ट गरेर अस्पताललाई सुरक्षित राखौं भन्दा समुदायमा छैन त्यसैले पर्दैन भन्ने जिकिर हुन्छ।
Jun 9, 2020 18 tweets 5 min read
१/n यो लहरो संक्रमणको पुष्टी भइसकेकालाई आइसोलेसन/अस्पतालबाट डिस्चार्ज गर्न सरकारले लिएको नीति र त्यसबारे मिडिया र विशेषज्ञको भूमिका कस्तो रह्यो भन्ने बारे हो।(प्रष्ट बुझौं, यो लहरो क्वारन्टिनमा बसेका अर्थात् संक्रमणको पुष्टी नभइसकेकालाई बिना PCR घर पठाउने सरकारको नीतिबारे होइन।) २/n विभिन्न विज्ञ र पत्रिकाले जेसुकै भने पनि संक्रमितहरूमा यदि ज्वरो रोकिएको र अन्य लक्षणमा सुधार भएको ३ दिन भयो र लक्षण देखिन थालेदेखि, वा लक्षण नभएकाहरूमा पहिलो पोजिटिव PCRदेखि, १४ दिन भयो भने फेरि PCR नगरी डिस्चार्ज गर्ने सरकारको नीति विज्ञानसम्मतै छ।
ekantipur.com/news/2020/06/0…
Jun 5, 2020 5 tweets 2 min read
१/४ स्वास्थ्य मं ले भर्खर निकालेको कोभिड परीक्षण निर्देशिका अवैज्ञानिक छ र यसले ठूलो सङ्कट निम्त्याउनेछ। तीन मुख्य समस्याः
१. कोभिडका अरू जतिसुकै लक्षण भए पनि ज्वरो छैन भने पिसिआर गर्न पाइँदैन रे।
२. लक्षण नभएकालाई क्वारन्टिनमा वा अप्रेशन अघि पिसिआर जाँच नगर्ने पनि अवैज्ञानिक छ। २/४
३. सम्पर्कको परिभाषामा १ मिटर हैन, २ मि भित्र बसेकालाई मान्नुपर्छ।

अधिकांशलाई लक्षण नै हुँदैन र लक्षण हुनेमध्ये पनि आधालाई शुरुमा ज्वरो हुँदैन।
विशेष गरी इलेक्टिभ केसलाई अप्रेशन अघि परीक्षण नगर्ने हो भने नेपालको धरातलीय परिस्थितिमा थुप्रै अस्पतालहरू बन्द हुँदै जाने छन्।
Apr 28, 2020 11 tweets 2 min read
कोरोनाभाइरसको र्‍यापिड टेस्टबारे धेरैजना (केही विज्ञ समेत)को प्रतिक्रिया पढेपछि यो लहरो लेख्न मन लाग्योः
१. लक्षण भएका वा सङ्क्रमणको शङ्का भएकामा जाँच्ने पिसिआर बाट नै हो, र्‍यापिड टेस्टबाट हैन।
२. नेपालमा सरकारले पनि लक्षण भएको व्यक्तिलाई र्‍यापिड टेस्टबाट जाँच भनेकै छैन। १/n हो ठाउँठाउँमा लक्षण भएकालाई र्‍यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे।
३. सरकारले जुन समूहमा र्‍यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा विविध कारणले हाल क्वारन्टिनमा रहेका व्यक्ति थिए। २/n