Bishal Profile picture
न किञ्चित् शाश्वतम्!
Sep 2, 2022 7 tweets 2 min read
सत्य घटनामा आधारित:
खलासीलाई भाडा दिनकाे लागि हात खल्तीमा लान मात्र आँटेकाे थिएँ, सँगै बसेकाे अपरिचितले भन्याे - "हैन हजुर ! हजुरकाे भाडा म दिइहाल्छु नि !"
मैेले भनेँ - हैन, मेराे भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्याे हजुर ? २) तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेराे भाडा पनि तिर्याे। अर्काे स्टेशनमा त्याे अपरिचित झर्याे । त्यसपछि मैले खै के झिक्न पाइन्टकाे गाेजीमा हात लगेकाे त दिमाग चकराए झैँ भयाे । पकेटमारा रहेछ, पाइन्टकाे पछाडिकाे खल्तीमा भएकाे पैसा सबै लिएर झरेकाे रहेछ।