Sandesh Parajuli, MD Profile picture
Resident |Internal Medicine |GI Enthusiast #Medtwitter #GItwitter & @manutd
Nov 6, 2020 8 tweets 2 min read
तपाईहरुले सजिलै खाइरहेको केहि Antibiotic बारे :

१. ३ दिन-३ गोली Azithromycin खानु आजकल सामान्य भयो। तर यो औषधि खास गरि 'निमोनिया' भए मात्रै खाने हो। सामान्य ज्वरो आउँदा यत्तिकै खाइदिनाले, पछि साँच्चिकै गम्भीर संक्रमण हुँदा काम गर्दैन।
#AMR २.Doxycycline भन्ने औषधि सामान्य अवस्थामा खाने होइन। सामान्य औषधिले ठीक नहुँदा, यसले हुन्छ कि भनेर चिकित्सकहरु यो औषधि दिन्छन्। यसको साइड इफ़ेक्ट धेरै छ। बच्चालाई त दिनु नै हुँदैन। गर्भवतीले खानु हुँदैन। गर्भ बस्ने सम्भावना भएकाले पनि खानु हुँदैन।
#side_effects
Nov 4, 2020 5 tweets 1 min read
८६ बर्षीय बृद्ध २ दिन देखि पेट दुखेको भन्दै आए। पेट फुलेर सार्हो भएको थियो। हेर्दा भित्र आन्द्रा बटारिएको हो कि जस्तो थियो। एकिन गर्न र परेमा अपरेशन गर्न ठुलो अस्पताल जान भनियो। त्यहाँ कोरोना छ भनेर उनि जानै मानेनन्।
१/४ ७ वर्षको बच्चा हिजो राति देखि उल्टी भएको भन्दै आयो। प्रारम्भिक जाँच र टेस्ट अनुसार Appendicitis भएको अनुमान लगाइयो।अपेरशनको आवश्यकता हुन सक्ने भनेर रेफेर गरियो तर उनीहरु जान मानेनन् , कोरोनाको डरले। यहि भर्ना हुन भनियो, मानेनन्।
२/४
Jul 24, 2020 6 tweets 2 min read
केहि दिन पहिले घर नजिकै गाड़ीबाट खसेर एक दाई को ज्यान गयो। अस्प्ताल १०-१५ मिनेट मै पुर्याएको हो भनियो। तर कसरी पुराईयो कसैले भनेनन् ।
केहि वजनले थिचेको, गाड़ी दुर्घटनामा परेको वा ढाडमा चोट लागेको बिरामीको गर्धन कमजोर हुन्छ। 1/n कड़ा स्ट्रेचरमा राखेर, गर्धनको पेटी ( cervical collar) लगाएर घाइते उद्धार गर्नुपर्छ। नत्र टाउको र शरीर बीचको कनेक्शन रोकिन्छ र बिरामीको ज्यान जान्छ। रगत बगेको भए रोक्नु पर्छ, धेरै बगेको भए सलाइन पानि दिनुपर्छ। घाइतेलाई मुख बाट खान- पिउन दिनु हुँदैन। 2/n
Jul 3, 2020 5 tweets 2 min read
स्वास्थ बीमा बारे @Swasthyakhabar मा प्रकाशित मेरो लेख। पढेर प्रतिक्रिया दिनुहोला।

swasthyakhabar.com/story/33397#.X… एक बोरा चामल किन्ने कि बीमाको प्रीमियम तिरने भनेर बीमा नगरेका धेरै परिवारलाई  सरकारले सहजिकरण गरि बीमा गर्ने प्रोत्सहन गर्नु पर्छ। यसका लागि धेरै आम्दानी हुने परिवारबाट अरु भन्दा केहि बढ़ी प्रीमीयम लिएर काम गर्न सकिन्छ।