, 25 tweets, 6 min read
My Authors
Read all threads
१/२६ साँच्चै नेपालमा समुदायमा कोरोनाभाइरसको संक्रमण फैलिएको छैन त? यो लामो लहरोमा यसको उत्तर खोतल्ने कोशिस गर्छु। यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका तलको लेखका जस्ता मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टी गर्ने प्रयास गर्नेछु।
onlinekhabar.com/2020/06/874500
२/n यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसको रूपमा मात्र लिएको छैन। टेस्टको दायरा झन् नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगका रिस्क फ्याक्टर छन् भने टेस्ट गरेर अस्पताललाई सुरक्षित राखौं भन्दा समुदायमा छैन त्यसैले पर्दैन भन्ने जिकिर हुन्छ।
३/n समुदायमा कति फैलेको छ भन्ने बारे सत्य आँकडा सायद जनसङ्ख्याको ठूलो प्रतिनिधि-हिस्साको निश्चित अन्तरालमा पिसिआर जाँच गरिरहने गर्दा नै पाइन्छ। त्यसो नगर्दा अर्को उपाय त्यस्तो प्रतिनिधि हिस्साको सेरोप्रेभलेन्स स्टडी, अर्थात कोभिडको संक्रमणपछि देखिने प्रोटिन कति जनामा छ हेर्ने हो।
४/२६ तर सेरोप्रेभलेन्स वा समुदायव्यापी PCR यहाँ भएको छैन।अनि कसरी समुदायमा फैलिन थाले-नथालेको थाहा पाउने त? केही परोक्ष आँकडाबाट यसबारे अनुमान गर्न सक्छौं। बाहिरबाट आउनेसँग वा संक्रमित पुष्टी भएको व्यक्तिसँग संपर्क नभएका निकै जनामा संक्रमण भेटिएमा समुदायमै फैलिन थालेको मानिन्छ।
५/n काठमाडौंमा गत ५-६ हप्तामा देखिएका निकै जना संक्रमितको कमसेकम पत्रिकामा छापिएका रिपोर्टबाट बुझिएसम्म बाहिरबाट आएका वा काठमाडौंमै संक्रमित भनेर चिनिएका कसैसँग सम्पर्क भएको थिएन। विदेशमा जस्तो हरेक संक्रमितको र कन्ट्याक्ट ट्रेसिङको विवरण कतै नराखिएकोले यकीन संख्या भन्न सकिंन।
६/२६ काठमाडौं उपत्यकामा कोभिडकै कारण मृत्यु हुने व्यक्ति देखिएको पनि १ महिनाभन्दा बढी भइसक्यो। पछि धुलिखेल अस्पतालमा पुगेर मृत्यु पुष्टी हुने सिन्धुपाल्चोककी महिलाको कि गोंगबु क्षेत्र कि शिक्षण अस्पतालमा संक्रमण भएको थियो। सामान्य महामारीशास्त्रीय अंकगणितले के देखाउन सकिन्छ भने..
७/n ..कोभिडको कारणले १ जनाको मृत्यु हुँदासम्म त्यो समुदायमा ८०० (मृत्युदर १% मान्दा) देखि १६०० (मृत्युदर ०.५% मान्दा) जतिलाई संक्रमण भइसकेको हुन्छ। काठमाडौं उपत्यकामै संक्रमणको स्रोतव्यक्ति थाहा नभएका कम्तिमा २-३ जनाको, सायद बढीको, त्यसरी मृत्यु भइसकेको छ। medium.com/@tomaspueyo/co…
८/n काठमाडौंमा केही दिन संक्रमणको बढी जोखिम भएका समूहमा जाँच गर्ने राम्रो काम भको थियो।कामनपाका सरसफाइ कर्मचारीमध्ये ३१ जनामा द्रुतजाँच (RDT)मा IgM पोजिटिव देखिएको थियो। ठिक छ, यो भरपर्दो जाँच थिएन।मानौं आधा मात्र सही थियो। समुदायमा नफैलिईकनै १५ जनामा चाहिं संक्रमण कसरी भएछ होला?
९/२६ पदेन विज्ञको कुरा पत्याउने हो भने पहिलेकै साधारण कोरोनाभाइरसले गर्दा RDT पोजिटिव हुन सक्छ। त्यसो भए सायद IgG देखिनुपर्ने, IgM होइन। अनि,RDT दोहोर्‍याउँदा पनि पोजिटिव भए टेस्टको सत्यता धेरै बढ्छ। केन्द्रीय कारागारका नर्समा दोहोर्‍याएरै पोजिटिव देखिएको थियो। तिनलाई कसबाट सरेछ?
१०/n चैतको पहिलो सातासम्म चीन, मध्यपूर्व, युरोप, अमेरिकाका आगन्तुक लिएर सयौं विमान काठमाडौं उत्रे। १-२ उडानका ३-४ यात्रु लक्षण नभएका संक्रमित पाइएपछि ती उडानका अरुको जाँच भयो। तर बाँकी उडानका हजारौंलाई सायद लक्षण नभएकैले जाँचिएन।के ती कसैलाई संक्रमण थिएन, तिनबाट कसैलाई सरेन होला?
११/n यदि संक्रमणको संभावना भएका त्यस्ता सबैलाई जाँच गरेर, कन्ट्याक्ट ट्रेसिङ गरेर क्वारन्टिन, आइसोलेशनमा राख्ने गरेको भए पो समुदायमा संक्रमण फैलिन पाएन होला भन्न मिल्थ्यो। त्यस्ता अधिकांशको जाँच त गरिएन, अनि संसारभर देखिएको भाइरसको प्रकृति विपरीत फैलिएन होला भनेर ढुक्क हुन मिल्छ?
१२/n डा मास्के सोध्नुहुन्छः यदि समुदायमै फैलिएको भए किन विदेशमा झैं अस्पतालहरू कोभिडका बिरामीले भरिएका छैनन्? संक्रमितको संख्या केही अघि घट्दै गएको केरलामा झैं यहाँ पनि फैलिंदैन कि भनेर उहाँले केरलाको ग्राफ सबैतिर देखाउने गर्नुहुन्छ। (मानौं केरलामा चुप लागेर बसेकै भरमा आफैं घटेछ)
१३/n विश्वलाई हेर्दा, चीनसँग हाम्रोभन्दा धेरै गुणा बढी आवागमन हुने युरोप-अमेरिकी देशमा सायद सयौं-हज्जारौं संक्रमित व्यक्ति देशका धेरै भागमा हवाई आवागमन बन्द हुनुअघि नै पुगिसकेका हुनाले महामारी पहिले बाक्लियो।तर त्यता पनि महिनौंसम्म भूमिगतै सल्किरहेको रहेछ बाहिर धुवाँ नदेखिने गरी।
१४/२६ संसारभर महामारी भयावह रूपमा प्रकट हुनुअघि पिसिआरबाट पत्ता लागेका संक्रमित भनेका आइसबर्गको टुप्पो मात्र रहेछन्, र वास्तविक संक्रमितको संख्या परीक्षणबाट देखिएका संख्याभन्दा असाध्यै बढी रहेछन् भन्ने थुप्रै अध्ययनले देखाइसकेका छन्। stm.sciencemag.org/content/early/…
१५/n तलको ट्विटमा यो झन् बढी स्पष्ट छ।अब किन अस्पताल भरिएनन् भन्ने प्रश्नलाई जवाफः हाम्रो चीनसँग आवागमन त्यति बाक्लो रहेनछ। शुरुमा केही मान्छेसँग संक्रमणका झिल्का पक्कै आए। तर ३-महिने लकडाउनमा भुसको आगो मात्र रह्यो, डढेलो हुन पाएको छैन।तर हुने दिन टाढा छैन
१६/२६ प्रतिप्रश्नः खालि अनुमान मात्र गरेर तर्साउने? खोइ काठमाडौंमा संक्रमित?
उत्तरः काठमाडौंकै कतिलाई जाँचियो? रिस्क ग्रुप/सेन्टिनेल सर्भेल्यान्स वा सेरोप्रेभलेन्स कति भए? छानेर विदेशबाट आएकामा र तिनका वरिपरि गरेका टेस्टका आधारमा संक्रमण फैलेको छैन भन्न महामारीशास्त्रले सिकाउँछ?
१७/n बौद्धिक चुनौतीकै रूपमा गाह्रो दलिल नै पेश गरौं भनेर माथि संक्रमण कम पुष्टी भएको काठमाडौंमै समुदायमा फैलिसकेको हुनुपर्छ भन्ने तर्क गरें।यहाँ त विज्ञले प्रदेश २, ५, कर्णाली, सुदूरपश्चिम कतै पनि समुदायमा संक्रमण छैन भन्छन्। सुतुरासन लिनेसँग सकिंदैन नै, बाँकीलाई बुझाइरहनु नपर्ला
१८/२६ तर उहाँहरूले त WHO जस्तो विज्ञ संस्थाको हवाला पो दिनुभएको छ, नेपालमा समुदायमा संक्रमण छैन भन्नलाई। मेरो जवाफः WHO ले आफैं महामारी कति फैलिएको छ भन्दिने टेस्ट,अध्ययन गर्छ? कि सरकारले दिने आँकडाकै भरमा अहिलेलाई यति मात्र भन्छौं भन्छ? WHO नेपालमा यस्ता महामारीकै विज्ञ कति छन्?
१९/n विज्ञहरूको मुख्य समस्याः उहाँलाई लक्षणविनाका संक्रमितको अनुपात कति ठूलो रहेछ भन्ने विगत ३-४ महिनामा खुलेको ज्ञानले केही सिकाएकै छैन।हो हालसम्म नेपालमा सिकिस्त कम छन् लक्षणविनाका बढी छन्, तर त्यही नै डराउनुपर्ने कुरा हो। शुरुमा हाम्रैजस्तो सबैतिर रहेछ।
२०/n भियतनाम, ताइवान, केरलाले झैं शुरुदेखि नै हरेक संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहेनत गर्नुसाटो “नेपालमा फैलन्न, थोरै % मात्र सिकिस्त हुन्छन्” भनेर मुतको न्यानो ताप्दै बस्यौं भने फैलिंदै गएपछि जब लकडाउनभर घरभित्रै बसेका सिकिस्त हुने जोखिमका व्यक्तिलाई भाइरसले भेट्न थाल्नेछ..
२१/२६ तब विज्ञज्यूहरूलाई मुखभरीको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, तर धेरैको लागि ढिलो भइसकेको हुनेछ।
तसर्थ उहाँहरूलाई अनुरोधः काठमाडौंमै कोही संक्रमितसँग सम्पर्क नभई कोभिडले मृत्यु भएकाबाट बुझ्नुपर्ने कुरा गमौं, देशमा कोभिडले बितेका (अन्यत्र भए नबित्ने) १४-१५ युवालाई सम्झौं..
२२/२६ नेपाली जिन बोकेका, BCG लाएका, लसुन-बेसार खाने, प्रायः युवा १३० जना नेपालीको कोभिडले विदेशमा मृत्यु भइसकेको कुरा सम्झौं, र सोचौं। १०,००० संक्रमित भइसके, यति धेरै नेपालीको मृत्यु भइसक्यो, के देखेपछि भारदारी र सरकारी विज्ञहरूलाई आफ्नो विज्ञताको आइभरी टावरबाट ओर्लिन मन लाग्नेछ?
२३/n जनता मूर्ख छन्, सूचना पाउँदा त्यसलाई आँकेर ठिकबेठिक नठम्याई खालि आत्तिन्छन् भन्ने एलिटिस्ट भ्रम कसैले नपालौं। सरकारले भन्दा पनि सुसूचित जनताले हो महामारीविरुद्ध जिताउने।धेरै हताहती हुने संभावना छैन आफैं भन्ने, सुतुरासन लिने, अनि मूर्ख जनता मास्क नलाई भिड गर्छन् भन्न नपाई है।
२४/२६ आफ्नो बोली र भूमिकाप्रति जिम्मेवार होऔं। भित्रकाले बेसारले ठिक हुन्छ भन्ने, भारदारी विज्ञले फैलेकै छैन, फैलिंदैन भन्ने, सचेत गराउन खोज्नेलाई विषवमन गर्ने, जनताले के बुझ्छन्? भारदारी विज्ञले फैलेकै छैन, फैलन्न भनेपछि सरकारी विज्ञलाई ब्रह्मकवच भैगो, काम सकिगो, दुःख गर्नैपरेन।
२५-२६/२६ वर्षौं आलोपालो मन्त्रालयभित्र र बाहिरबाट म्युजिकल चेयर खेल्दा दुवैथरी सरकारी र भारदारी क्रोनी-विज्ञलाई EDCDमा महामारीशास्त्री चाहिन्छ भन्ने पनि हेक्कै भएनछ।“टिबीले,दुर्घटनाले कति धेरै मर्छन्,किन कोभिडकै आतंक फैलाएको?”भन्ने गालि पनि खाइयो।#ऐनाहेरौं
Missing some Tweet in this thread? You can try to force a refresh.

Keep Current with Anup

Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

Twitter may remove this content at anytime, convert it as a PDF, save and print for later use!

Try unrolling a thread yourself!

how to unroll video

1) Follow Thread Reader App on Twitter so you can easily mention us!

2) Go to a Twitter thread (series of Tweets by the same owner) and mention us with a keyword "unroll" @threadreaderapp unroll

You can practice here first or read more on our help page!

Follow Us on Twitter!

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3.00/month or $30.00/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!