१/n यो लहरो संक्रमणको पुष्टी भइसकेकालाई आइसोलेसन/अस्पतालबाट डिस्चार्ज गर्न सरकारले लिएको नीति र त्यसबारे मिडिया र विशेषज्ञको भूमिका कस्तो रह्यो भन्ने बारे हो।(प्रष्ट बुझौं, यो लहरो क्वारन्टिनमा बसेका अर्थात् संक्रमणको पुष्टी नभइसकेकालाई बिना PCR घर पठाउने सरकारको नीतिबारे होइन।)
२/n विभिन्न विज्ञ र पत्रिकाले जेसुकै भने पनि संक्रमितहरूमा यदि ज्वरो रोकिएको र अन्य लक्षणमा सुधार भएको ३ दिन भयो र लक्षण देखिन थालेदेखि, वा लक्षण नभएकाहरूमा पहिलो पोजिटिव PCRदेखि, १४ दिन भयो भने फेरि PCR नगरी डिस्चार्ज गर्ने सरकारको नीति विज्ञानसम्मतै छ। ekantipur.com/news/2020/06/0…
३/n मुख्य प्रश्नः के भाइरस को PCR जाँच पोजिटिव देखिउन्जेल संक्रमितमा अरूलाई रोग सार्ने क्षमता हुन्छ? त्यसो हो भने PCR नेगेटिव नहोउन्जेल बिरामीलाई डिस्चार्ज गर्न मिलेन। यो प्रश्नको जवाफ विभिन्न तरिकाले खोज्न सकिन्छ।
४/n भाइरसको वंशाणुगत तत्व (न्युक्लेइक एसिड) बिरामीबाट लिइएको नमूनामा भए नभएको जाँच्ने विधि PCR हो। यदि संकलित नमूनामा मृत भाइरस छन् भने पनि PCR जाँचमा पोजिटिव देखिन सक्छ। तर अरूमा सर्न सक्ने सजीव भाइरस हो कि होइन भन्नलाई भाइरसको कल्चर गरेर भाइरस "उम्रन्छ" कि उम्रन्न हेर्न सकिन्छ।
५/n जर्मनीमा गरिएको यो अध्ययनले के देखायो भने संक्रमणको लक्षण देखिएको सुरुका आठ दिनसम्म PCR जाँचमा पोजिटिव देखिएका नमूनाबाट भाइरस कल्चर गर्दा पनि भाइरस उम्रियो, तर आठौं दिनपछि चाहिं PCR पोजिटिव देखिएको नमूनाबाट भाइरस कल्चर गर्दा भाइरस उम्रेन(कल्चर नेगेटिव) nature.com/articles/s4158…
६/n अमेरिकाको वाशिङटन राज्यको यो अर्को अध्ययनमा पनि सङ्क्रमणको लक्षण देखिनुभन्दा ६ दिन अघिदेखि लक्षण देखिन थालेको ९ दिनसम्म मात्र कल्चरमा भाइरस देखिएको थियो, PCR मा चाहिं हप्तौंसम्म पोजिटिव भइरहे पनि। nejm.org/doi/full/10.10…
७/n कतै कल्चरमा नेगेटिव भए पनि PCR पोजिटिव व्यक्तिबाट संक्रमण पछिसम्म पनि सरेको छ कि? छैन। उदाहरण, ताइवानको एक अध्ययनमा संक्रमित व्यक्ति(इन्डेक्स केस)हरूलाई लक्षण देखिएको छैठौं दिनदेखि सम्पर्कमा आएका ८२६ व्यक्तिलाई संक्रमण पटक्कै सरेन।
10.1001/jamainternmed.2020.2020
८/n अनि कोरिया, चीनमा संक्रमण निको भइसकेकालाई पनि फेरि PCR पोजिटिव भयो भनेको होइन? हाम्रो सनसिटि अपार्टमेन्टका मान्छेलाई पनि डिस्चार्ज गरेपछि फेरि PCR पोजिटिव देखियो भनेर फेरि भर्ना गरेको होइन? कोरियाले यस्ता पछि फेरि पोजिटिव देखिएका केसको अपडेट दिइरहेको छ।cdc.go.kr/board/board.es…
९/n हालसम्म २८५ जना त्यस्ता केसको कन्ट्याक्ट ट्रेसिङसहितको रिपोर्ट उपलब्छ छ। तीमध्ये ४५% जतिलाई चाहिं फेरि खोकी आदि लक्षण पनि देखिएको रहेछ। जम्मा ७९०जना सम्पर्कमा आएका व्यक्तिमध्ये कसैलाई पनि यी २८५ जनाबाट रोग सरेको देखिएनछ। २८५ मध्ये १०८ जनाको भाइरस कल्चर पनि गरिएछ, सबै नेगेटिव।
१०/n साथै PCR फेरि पोजिटिव देखिंदा भाइरस प्रतिरोधी क्षमता भएको पु्ष्टी गर्ने न्युट्रलाइजिङ एन्टिबडी पनि सबैमा पाइएछ।
त्यसर्थ ढुुक्क होऔं, संक्रमितको लक्षणमा सुधार भइसक्यो र लक्षण देखिएको वा पहिलो पोजिटिव जाँचको स्वाब लिएको १४ दिन भइसक्यो भने तिनले अरूलाई रोग सार्ने संभावना छैन।
११/n रोगप्रतिरोधी क्षमता धेरै कमजोर हुने थोरै बिरामीलाई चाहिं १४ दिनमै घर पठाउन नमिल्ला।अरूमा चाहिं त्यसै PCR दोहोर्याउँदा थुप्रैको हप्तौंसम्म, २ महिनाभन्दा बढीसम्म PCR पोजिटिव देखिन सक्ने, बिरामी र परिवारजनलाई अनावश्यक तनाव र खर्च हुने, अस्पतालका बेड अनावश्यक रूपले भरिने हुन्छ।
१२/n त्यसैले विभिन्न देशले डिस्चार्जको लागि हाम्रै जस्तो नीति लागू गरिसके। तर किन हाम्रा पत्रिका र विज्ञले यसो भनेनन्? केही दिनअघि एउटा टिभीले यस विषयमा मेरो अन्तरवार्ता लियो। टिभी रिपोर्टरले कार्यक्रम बनाउन खोजेको "एङ्गल" सँग नमिल्ने हुनाले मैले गरेको माथिकै व्याख्या प्रसारण भएन
१३/n कान्तिपुरले यो लहरोको सुरुमा लिंक दिइएको समाचार बनाउँदाअर्को एक विज्ञलाई पनि यसबारे सोधिएको थियो। उहाँले सरकारको यो निर्णय चाहिं यसकारण सही हो भनेर बुझाउनुभएको थियो, तर न उहाँको नाम आयो, न उहाँले भनेका कुरा नै आए। यो नीतिबारे सरकारको आलोचना गर्नेका मात्र कुरा आए। @sudheerktm
१४/n मिडियाका साथीलाई मेरो अनुरोधः विशेषज्ञले वा सरकारका मान्छे जसले जे भने पनि हरेक कुराको प्रमाण मागौं, स्रोत सामग्री कता छ सोधौं। विशेष गरी सरकारको घोषित नीति गलत भन्नुअघि अलिकति होमवर्क गरौं। एउटा कुराको विशेषज्ञ सबैका विज्ञ नहोलान्। सबै कुरामा उनै विशेषज्ञलाई नझोसौं।
१५/n मेरो छोटो अनुभवमा मिडियाका कतिपय साथीमा केही कुरा खट्केको देख्छु।अलि आलोचनात्मक, सनसनीपूर्ण बनाउँदा मात्र चर्चा हुने, बाइलाइन आउने कारणले होला, मैले कुनै नीतिको पक्षविपक्ष दुवैको समीक्षा गरे पनि सरकारको आलोचना गरेका अंश चाहिं बढी आउँछन्। अन्तरवार्ता लिनुअघि नै बनिसकेको .....
१६/n "एंगल"भन्दा फरक कुरा अन्तरवार्ता दिनेले भन्यो भने त्यो प्रकाशित आलेख, प्रसारित कार्यक्रममा राखिन्न।यसरी त पाठक, दर्शकलाई सत्य, समीचीन सामग्री कसरी पस्किन सकिएला?अनि अन्तरवार्ता दिनेप्रति पनि त अन्याय भयो नि, होइन? "विज्ञान साक्षरता"को अभाव पनि धेरैमा छ। अलि धेरै पढौं पनि है।
१७/n विशेषज्ञहरूलाई पनि अनुरोधः सरकारलाई पनि benefit of doubt देऔं। घोषित रुपमा नौलो कुरा ल्याए भने केही नयाँ कुरा पो थाहा पाएछन् कि भनेर सोचौं। कहिलेकाहीं आफूले अध्ययन नगरेको वा गर्न नभ्याएको विषयमा पनि सोध्न सक्छन्, थाहा छैन भने ढुक्कसँग मलाई थाहा छैन वा अध्ययन गर्नुपर्छ भनौं।
१८/१८ अन्तमा, विशेष गरी महामारीको यो बेला सही सूचनाको जति महत्त्व अरू बेला हुँदैन, र त्यसो गर्न हामी सबैले आत्मसमीक्षा गर्दै, सिक्दै, सुध्रिंदै जानुपर्छ भनेर यो लहरो लेखिएको हो। कसैलाई व्यक्तिगत आलोचना गर्ने मनसाय पटक्कै होइन है। 😀😀🙏🙏
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh
विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ। 🧵
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
२/
ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन चाँडो आउने र डेल्टा-मात्रको लहर भन्दा ठुलो हुने पनि सुनिश्चित् जस्तै भएको छ।
खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिंदैन।
३/
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठुला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १-१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो। यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे लहरो🧵
अस्पताल "खरिद"को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला। तर मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो। यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठुलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ। २/
जनहितको पैरवी गर्नुपर्ने राजनैतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ। स्वार्थको द्वन्द्वविरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य-कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पूँजीलाई दोहन गर्न रोकेका छैनन्। ३/
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।
३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई
बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।
४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू "आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है" भन्छु।
What can those who want to help from outside Nepal do?
(So many friends are asking. Let me share where I think there is the biggest bang for the buck.)
Answer: buy tons of COVID test kits (antigen & PCR), hand them over to municipalities to run mass free testing campaigns.
1/n
While all attention is on the needs of the hour –O2, ICU, ventilator, etc., let’s remember that intervention there won’t impact at all the numbers of new cases needing same things 1 week from now. (This is NOT to dissuade anyone from working on these immediate challenges.)
2/n
There's too little happening in terms of public health response to the pandemic surge- test/trace/isolate & quarantine/vaccinate – the only interventions that can reduce the number of new cases in community and the number of those needing hospital beds, oxygen or ICU care.
3/n
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)
उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।
यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।
अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
कि त
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने। ३/
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)