कुन मन्दिरमा कुन जातीका पुजारी छन्? T H R E A D 👇👇👇👇👇👇
१) बराहक्षेत्र मन्दिरमा कुनैपनि पर्वमा मगरलाई अगाडि राखिन्छ, जसलाई कोठारी भनिन्छ। दसैँमा पहिला कोठारीलाई टिका लगाएपछि मात्रै अरूका लागि टिका खुल्ने गर्छ।

२) मुक्तिनाथ मन्दिरमा प्राचिनकालदेखि भोटे, शेर्पा जातिको कन्या पुजिन्छ। ++
३) काठमाडौंको विनायक मन्दिरमा नेवारको ज्यापु समुदायका पुजारी छन्।

४) कन्केश्वरी इन्द्रायणी मन्दिरमा पोडे (नेवार समुदायको कथित तल्लो जात) जातीका पुजारी छन्।

५) नेपालको जति पनि बली दिइने कोटहरू छन्, ती सबै ठाउँमा प्रायः मगर पुजारी छन्। ++
६) नेपालकै प्रसिद्ध मन्दिर मनकामनामा २१ पुस्तादेखि मगर जातीका पुजारी छन्।
७) स्याङ्जाको चण्डीनाथ मन्दिरमा पनि मगर पुजरी रहेका छन्।
८) स्याङ्जानको आलमदेवी मन्दिरमा मगर पुजारी रहेका छन्।
९) दाङको बाह्रकुने तालको बाराही मन्दिरमा घर्ती मगर पुजारी छन्।
++
१०) धादिङ सल्यानकोटको माई मन्दिरमा राना मगर पुजारी छन्।
११) गोरखाको कालिका दरबारमा काली स्थापना गरेको स्थानमा मगर मगर पुजारीबाहेक अरू पस्न पाउँदैनन्।
१२) ललितपुर सानो हात्तिवनको माङहिम मन्दिरमा राई, याख्खा, सुनुवार र लिम्बुका लागि ४ अलग अलग ढोका छन्, जसमा राई र लिम्बु पुजारी छन्।
१३) बाराको गढीमाई मन्दिरमा थारू पुजारी छन्।
१४) सप्तरीको राजराजेश्वरी मन्दिरमा पनि थारू समुदायकै पुजारी छन्।
१५) ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको मन्दिर र मुन्धुमअनुसार- मुलुमलुङमा मन्दिर लिम्बुजातीको संरक्षणमा रहेको छ।
रिसिङ नामका लिम्बु ऋषिले तपस्या गरेको भन्ने मान्यता छ।++
पुजारी ब्राह्मण भए पनि लिम्बुहरुको रैथानै देवताको रूपमा मानिँदै आएको छ।
१६) भेडेटारको लिम्बु मन्दिरमा लिम्बु पजारी छन्।
१७) कालिकोटको सार्की मन्दिरमा सार्की पुजारी छन्।
१८) काठमाडौंको दक्षिणकालीमा नेवार समुदायका बज्राचार्य थरका पुजारी छन्। ++
१९) काठमाडौंको शोभा भगवती मन्दिरमा बज्राचार्य थरकै पुजारी रहेका छन्।
२०) भक्तपुरको नवदुर्गा मन्दिरमा पनि नेवार समुदायका बज्राचार्य थरकै पुजारी छन्।
२१) काभ्रेको पलाञ्चोक भगवतीमा बज्राचार्य थरकै पुजारी छन्।
२२) भद्रकाली मन्दिरमा नेवार कुलका कर्माचार्य पुजारी छन्।++
२३) इलामको देवी मन्दिरमा पुजा गर्ने ब्राह्मण पुजारी भएपनि पहिले त्यहाँ लिम्बु पुजारी थिए तर अहिले तामाङ पुजारी छन्।
२४) नुवाकोटको भैरवीमा पनि बज्राचार्य थरकै पुजारी छन्।
२५) धनकुटाको जालपादेवी मन्दिर अर्थात् छिन्ताङदेवीको मन्दिरमा राई पुजारी छन्।++
२६) धरानको बुढासुब्बा र विष्णुपादुकामा मन्दिरमा राना मगर पुजारी छन्।
२७) सुदूरपश्चिम प्रदेशको डोटीको प्रसिद्ध शक्तिपीठ सालमुनी मन्दिरको पुजारी दलित समुदायका छन्।
२८) गुल्मीको जयखानीको ऐतिहाँसिक कोतमा पनि दलित पुजारी छन्।
++
२९) घोराही उपमहानगरपालिका-१८ स्थित नागेश्वर महादेव मन्दिरमा विश्वकर्मा थरकी एक महिला पुजारी छिन्।
३०) बैतडीको बनारसी धाममा पनि दलित पुजारी रहेका छन्।
३१) चितवनको विक्रम बाबा मन्दिरमा थारू पुजारी छन्
३२) तनहुँको थानीमाई मन्दिरमा ३ जना मगर पुजारी छन्।++
३३) बाँकेको डडुवा नगरपालिका-५ कम्मरजहाँस्थित बाबाकोटी नामका मन्दिरका पुजारी महमद थरीका मुस्लिम रहेका छन्।
++
३४) बन्दीपुरको खड्गदेवी मन्दिरमा (कथित) कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरूले मंगलधुन बजाई भजन कीर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दलितले शोभायात्रामा मंगलधुन र नगरा बजाउने, सुनारले देवीको गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने, ++
र अन्य जातीकाले शोभायात्राभर सेवा, धुपबत्ती बाल्ने र गुरूङ समुदायले शोभायात्रामा पहरा र सुरक्षा दिने अनि उक्त रात चुट्का प्रदर्शन गर्ने गर्दछन्।
३५) हेटौंडा नगरको प्रसिद्ध मन्दिर भुटनदेवी मन्दिरमा राई पुजारी छन्।
३६) दुहवीको शिव मन्दिरमा थारू पुजारी छन्।++
३७) लमजुंगको उत्तर कन्या मन्दिरमा घलेहरू नै पुजारी छन्।
३८) भोजपुरको रक्तकाली, सतिदेवी, जाल्पादेवी मन्दिरमा राई पुजारी रहेका छन्।
३९) तनहुँको छाब्दी बहारमा नि मगर नै पुजारी रहेका छन्।
४०) तनहुँको थानीमाई मन्दिरमा ३ जना मगर पुजारी छन्।++
साथै त्यो मन्दिरमा २ जना भोटिनी दिदीबहिनीलाई देवीको स्वरूप मानी पुजा गरिन्छ।
४१) सुर्खेत देउती बज्यै मन्दिरमा पनि थारू समुदायका पुजारी छन्।
४२) कैलालीको कैलारी गाउँपालिकाको वनदेवी भगवती मन्दिरमा थारू जातिका पुजारी छन्।++
४३) नवलपरासीको प्रसिद्ध मन्दिर बाबा बरदगरिया, जहाँ हजारौं कन्याको पुजा हुन्छ।
४४) पाल्पाको श्री रण उजिरेश्वरी मन्दिरमा सुरूदेखि नै नेवार पुजारी छन्।
४५) स्याङ्जाको आलमदेवी, जहाँ शाह वंशीय राजाहरूले आफ्नो कुल पुजा गर्थे, त्यहाँका पुजारी पनि मगर छन्।++
४६) कालिञ्चोक भगवतिमा तामाङ पुजारी रहेका छन्।

(यी ठाउँमा यीभन्दा अरू जात नै छैनन् भनेर बेतुकी कुरा लिएर अनावश्यक रूपमा गन्गन् गर्न नआउनुहोला। धन्यवाद :))
३३ नम्बरमा लेखिएको बाँकेको डडुवा नगरपालिका-५ कम्मरजहाँस्थित बाबाकोटी नामको ‘मन्दिर’ नभएर ‘मजार’ भएको कुरा आएको हुनाले मन्दिर र मजार फरक भएकाले सच्याइएको छ।*

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with K H A D Y O T A H

K H A D Y O T A H Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @Khadyotah

17 Sep
प्रश्नोत्तरी T H R E A D 👇👇👇👇👇
अपारसंसारसमुद्रमध्ये
सम्मज्जतो मे शरणं किमस्ति।
गुरो कृपालो कृपया वदैत- द्विश्वेशपादाम्बुजदीर्घनौका॥१॥

-प्रश्न : हे दयामय गुरुदेव! कृपा गरेर यो बताइदिनुस् कि अपार संसाररुपी समुद्रमा डुबिरहेकाहरूको आश्रय के हो?

-उत्तर : विश्वनाथ परमात्माको चरणकमलरूपी नौका।+
बद्धो हि को यो विषयानुरागी
का वा विमुक्तिर्विषये विरक्ति:।
को वास्ति घोरो नरक: स्वदेह-
स्तृष्णाक्षय: स्वर्गपदं किमस्ति॥

-प्र : वास्तवमै बाँधिएको को छ?
-उ : जो विषयमा आसक्त छ।
-प्र : विमुक्ति के हो?
-उ : विषयको वैराग्य।
-प्र : घोर नरक के हो?
-उ : आफ्नो शरीर।
+++
Read 32 tweets
13 Sep
अटेन्सन कसरी सिक्ने? T H R E A D 👇👇👇👇👇👇
१. एक चक्कर आफ्ना भरखर जन्मेका केटाकेटीको फोटो हाल्ने। कुन चैं बच्चाको फोटोमा aww, olelele, how cute🥰, olelele melo babu आउँछ। त्यो फोटो दैनिक बिहान खाना खाएपछि र बेलुका सुत्नुअघि हाल्ने।
२. पढेको छ एमबिबिएस तर कानुनमा पिएचडी गरेकोसँग सिँगुरे खेल्ने र उल्टै दुईचारवटा कानुनका धारा, उपधारा सिकाएर पठाइदिने। (विज्ञले
आफूले आफैंलाई वैज्ञानिक देख्नेदेखि लिएर नामका पछाडि अगाडि पिएचडी लेख्नेसम्मका यही क्याटेगोरीमा पर्छन्।)
Read 23 tweets
9 Mar
स्त्रिय: समस्ता: सकला जगत्सु।
- मार्कण्डेय पुराण

(हे देवी ! संसारमा जति पनि स्त्रीहरू छन् , ती सबै तपाईंकै स्वरूप हुन् । )
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:
-मनुस्मृति:

(जहाँ नारी पुजिन्छन् देवताहरू त्यहाँ मात्र प्रसन्न हुन्छन् । जहाँ नारीको सम्मान हुँदैन , त्यहाँ सबै कर्म निष्फल हुन्छन् ।)
@gatilomaanchhe लेख्नुहुन्छ-
सहस्रं तु पितृृन्माता गौरवेणातिरिच्यते ।
-मनुस्मृति
(बुवाभन्दा हजार गुणा माता महान् हुन्छिन् )

यो$कामां दूषयेत्कन्यां स सद्यो वधमर्हति ।
-मनुस्मृति
(जसले अकाम कन्यालाई दूषित गर्छ , त्यो तत्काल वधको योग्य हुन्छ । )
Read 6 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!