१. ३ दिन-३ गोली Azithromycin खानु आजकल सामान्य भयो। तर यो औषधि खास गरि 'निमोनिया' भए मात्रै खाने हो। सामान्य ज्वरो आउँदा यत्तिकै खाइदिनाले, पछि साँच्चिकै गम्भीर संक्रमण हुँदा काम गर्दैन। #AMR
२.Doxycycline भन्ने औषधि सामान्य अवस्थामा खाने होइन। सामान्य औषधिले ठीक नहुँदा, यसले हुन्छ कि भनेर चिकित्सकहरु यो औषधि दिन्छन्। यसको साइड इफ़ेक्ट धेरै छ। बच्चालाई त दिनु नै हुँदैन। गर्भवतीले खानु हुँदैन। गर्भ बस्ने सम्भावना भएकाले पनि खानु हुँदैन। #side_effects
३.Ivermectin जुकाको औषधिका रूपमा प्रयोग हुन्छ।लुतो आएमा पनि दिन सकिन्छ। कोरोनामा काम गर्ने भनेर सुरुवाती दिनमा चर्चा भए पनि,आजकल होइन भन्ने प्रमाणित भईसक्यो।
४.मलेरियामा प्रयोग हुने HCQ ले केहि फाइदा गर्छ भनिन्छ। तर मुटुको चालमा गम्भीर गडबडी आउने कारण, यो आफै किनेर खानु हुँदैन।
५. पानीमा घुल्ने Vitamin (जस्तै Vit C) लगायतले खासै नकारात्मक असर गर्दैनन्। तर Zinc जस्ता खनिजहरूको अधिक सेवनले भने राम्रो गर्दैन। मात्रा मिलाएर खान आवश्यक छ।
६. आयुर्वेदिक औषधिको आफ्नै फाइदा छन्।तर सबै 'धूलो' 'चूर्ण' बेच्नेहरु बिज्ञान मान्ने 'डाक्टर' होइनन्।यत्तिकै बेचिने यस्ता औषधिमा 'स्टेरोइड' र 'धातु' को मात्रा धेरै हुन्छ, जसले मृगौला र कलेजोमा अधिक हानी गर्छ।
सम्बन्धित काउन्सिलमा दर्ता भएका चिकित्सकले दिएका औषधि मात्रै खाउ।
८.आजकल प्रयोग भैरहेका केहि औषधिको बारेमा यहाँ लेखिएको हो। सिटामोल, खोकिका औषधि लगायत प्राथमिक उपचारमा प्रयोग हुने औषधि बाहेक अधिकांश औषधि सेवन गर्दा स्वास्थ्यकर्मीको सल्लाह लिने गरौ।
नोट: श्वास प्रश्वाससँग सम्बन्धित समस्यामा Azithromycin को प्रयोग ज्यादातर निमोनियामा नै हुन्छ।अन्य प्रणालीका अन्य रोगहरुमा पनि यसको प्रयोग हुन्छ।
तर सामान्य रुघा खोकिको औषधि यो हुँदै होइन !
८६ बर्षीय बृद्ध २ दिन देखि पेट दुखेको भन्दै आए। पेट फुलेर सार्हो भएको थियो। हेर्दा भित्र आन्द्रा बटारिएको हो कि जस्तो थियो। एकिन गर्न र परेमा अपरेशन गर्न ठुलो अस्पताल जान भनियो। त्यहाँ कोरोना छ भनेर उनि जानै मानेनन्।
१/४
७ वर्षको बच्चा हिजो राति देखि उल्टी भएको भन्दै आयो। प्रारम्भिक जाँच र टेस्ट अनुसार Appendicitis भएको अनुमान लगाइयो।अपेरशनको आवश्यकता हुन सक्ने भनेर रेफेर गरियो तर उनीहरु जान मानेनन् , कोरोनाको डरले। यहि भर्ना हुन भनियो, मानेनन्।
२/४
५५ बर्षीय बुवाले चैत देखि सुगरको औषधि खान छोडेका रहेछन्। उनि जाने गरेको अस्पतालमा कोरोनाका बिरामी हुनाले। आज जाँच गर्दा सुगर झन्डै ५०० आयो।यहि बाट औषधि दिएर पठाइयो।
३/४
केहि दिन पहिले घर नजिकै गाड़ीबाट खसेर एक दाई को ज्यान गयो। अस्प्ताल १०-१५ मिनेट मै पुर्याएको हो भनियो। तर कसरी पुराईयो कसैले भनेनन् ।
केहि वजनले थिचेको, गाड़ी दुर्घटनामा परेको वा ढाडमा चोट लागेको बिरामीको गर्धन कमजोर हुन्छ। 1/n
कड़ा स्ट्रेचरमा राखेर, गर्धनको पेटी ( cervical collar) लगाएर घाइते उद्धार गर्नुपर्छ। नत्र टाउको र शरीर बीचको कनेक्शन रोकिन्छ र बिरामीको ज्यान जान्छ। रगत बगेको भए रोक्नु पर्छ, धेरै बगेको भए सलाइन पानि दिनुपर्छ। घाइतेलाई मुख बाट खान- पिउन दिनु हुँदैन। 2/n
हाम्रो देशमा भने धेरै घाइतेलाई टाउको र खुट्टामा समातेर एम्बुलेंसमा हालिन्छ र अस्पताल पुराइन्छ। एम्बुलेंस भने पनि ती भित्र न त कुनै सामान हुन्छ, न बिरामी लाई दिने अक्सिजन हुन्छ, न इमरजेंसी औषधि , न कुनै स्वास्थकर्मी। यी सुबिधा बिनाका एम्बुलेंस 'ठेला' जस्तै हुन्। 3/n
एक बोरा चामल किन्ने कि बीमाको प्रीमियम तिरने भनेर बीमा नगरेका धेरै परिवारलाई सरकारले सहजिकरण गरि बीमा गर्ने प्रोत्सहन गर्नु पर्छ। यसका लागि धेरै आम्दानी हुने परिवारबाट अरु भन्दा केहि बढ़ी प्रीमीयम लिएर काम गर्न सकिन्छ।
बीमित हरुलाई Whole Body Check-Up भन्दा पनि बीमा गरेपछि स्वत: Age & Risk Specific Screening Test को व्यवस्था गर्न सके फलदायि हुने थियो।