अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।
३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई
बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।
४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू "आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है" भन्छु।
आमाले "खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो" भन्दै बरर्र आँसु झार्नुहुन्छ। बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ।
तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ। हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्नुहुन्थ्यो। अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ,
उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें। निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ। रुँदै भन्नुभोः डा साब,तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी।
यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्ने? समवेदना- जुन "सम" कसैगरी हुनै सक्दैन- पनि कसरी दिने?
त्यसको केही भेउ नपाएको, त्यस्ता अवस्थामा पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला?
महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान्?
स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति कति थान "गिल्ट" सँगालिनेछन् होला महामारी सकिंदासम्म?
अन्त गर्न नजानेर प्रश्नमै अन्त गरें है।
यहाँहरूले हामी स्वास्थ्यकर्मीलाई पठाउनुभएका यति धेरै माया र सहानुभूतिका शब्दले पानी-पानी छु। मैलेभन्दा पनि सरकारी/पब्लिक स्वास्थ्यसंस्थामा, वा दूरदराजमा काम गर्नेले के के देख्नुपरेको होला, झन् त्यहाँ पुग्ने बिरामी र तिनका परिवारले के के भोग्नुपरेको होला, ती सुन्नै बाँकि छन्।🙏
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh
What can those who want to help from outside Nepal do?
(So many friends are asking. Let me share where I think there is the biggest bang for the buck.)
Answer: buy tons of COVID test kits (antigen & PCR), hand them over to municipalities to run mass free testing campaigns.
1/n
While all attention is on the needs of the hour –O2, ICU, ventilator, etc., let’s remember that intervention there won’t impact at all the numbers of new cases needing same things 1 week from now. (This is NOT to dissuade anyone from working on these immediate challenges.)
2/n
There's too little happening in terms of public health response to the pandemic surge- test/trace/isolate & quarantine/vaccinate – the only interventions that can reduce the number of new cases in community and the number of those needing hospital beds, oxygen or ICU care.
3/n
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)
उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।
यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।
अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
कि त
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने। ३/
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one: 1. the new variant seems to be not just more infectious, but also more lethal. 2. Due to massive unwarranted abuse of antibiotics (1/4)
during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
3. The last surge had occurred after a few months of (an unwarranted) lockdown, & a collateral benefit of the lockdown had been significant reduction in air pollution, & marked improvement in respiratory system health in the community prior to the surge. (3/4)
परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n
- ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
- सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ। ३/
मेरो पेशाधर्मीता र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा प्रश्न गर्नेलाईः
मेरो अस्पतालमा मेरो कुनै खुला वा गोप्य लगानी छैन। त्यहाँका जाँच वा सेवाका दररेट तोक्न मेरो कुनै भूमिका छैन।बिरामीबाट असुलिएको पैसाअनुसार कुनै हिस्सा लिन्नँ। तलबी कर्मचारी हुँ, ७ महिनापछि यसपालि पूरा तलब पाएँ।
हुनत साइबर-स्यालहरूलाई जवाफ नदिने सल्लाह माया गर्ने साथीहरूले दिनुभएको थियो। थाहा छ, स्यालहरूले हिलो छ्याप्न छोड्दैनन्। तर आफूले जतन गरेर राखेको एकसरो सुकिलो ईमान(वा वैरागी काइँलाको शब्द "भेनिटी"😀) छ, चुप लाग्न गाह्रो हुने! यसबिचमा प्रेम र हौसलाले साथ दिने सबैप्रति अनुगृहित छु।
अनलाइनखबरको लेख तयार गर्नेबारे छलफल हुँदा मेरो चिन्ता यही थियो। इस्युमा हैन व्यक्तिमा लेख केन्द्रित हुँदा समस्याबाट ध्यान अन्तै मोडिन्छ कि? मोड्न खोज्नेलाई पनि व्यक्तिलाई हिलो छ्यापिदिएर समस्यालाई ओझेलमा पार्न सजिलो हुन्छ। आखिर प्रयास त्यस्तै भए। onlinekhabar.com/2020/10/906375