घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
कि त
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने। ३/
यो औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।

औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन। ४/
तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ।

यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं। ५/
(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।) ६/६

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Anup

Anup Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @AnupSubedee

8 Apr
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)
Read 5 tweets
8 Apr
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one:
1. the new variant seems to be not just more infectious, but also more lethal.
2. Due to massive unwarranted abuse of antibiotics (1/4)
during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
3. The last surge had occurred after a few months of (an unwarranted) lockdown, & a collateral benefit of the lockdown had been significant reduction in air pollution, & marked improvement in respiratory system health in the community prior to the surge. (3/4)
Read 4 tweets
7 Nov 20
परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n
- ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
- सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ। ३/
Read 11 tweets
5 Nov 20
मेरो पेशाधर्मीता र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा प्रश्न गर्नेलाईः
मेरो अस्पतालमा मेरो कुनै खुला वा गोप्य लगानी छैन। त्यहाँका जाँच वा सेवाका दररेट तोक्न मेरो कुनै भूमिका छैन।बिरामीबाट असुलिएको पैसाअनुसार कुनै हिस्सा लिन्नँ। तलबी कर्मचारी हुँ, ७ महिनापछि यसपालि पूरा तलब पाएँ।
हुनत साइबर-स्यालहरूलाई जवाफ नदिने सल्लाह माया गर्ने साथीहरूले दिनुभएको थियो। थाहा छ, स्यालहरूले हिलो छ्याप्न छोड्दैनन्। तर आफूले जतन गरेर राखेको एकसरो सुकिलो ईमान(वा वैरागी काइँलाको शब्द "भेनिटी"😀) छ, चुप लाग्न गाह्रो हुने! यसबिचमा प्रेम र हौसलाले साथ दिने सबैप्रति अनुगृहित छु।
अनलाइनखबरको लेख तयार गर्नेबारे छलफल हुँदा मेरो चिन्ता यही थियो। इस्युमा हैन व्यक्तिमा लेख केन्द्रित हुँदा समस्याबाट ध्यान अन्तै मोडिन्छ कि? मोड्न खोज्नेलाई पनि व्यक्तिलाई हिलो छ्यापिदिएर समस्यालाई ओझेलमा पार्न सजिलो हुन्छ। आखिर प्रयास त्यस्तै भए।
onlinekhabar.com/2020/10/906375
Read 4 tweets
29 Oct 20
कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। कारणहरूः
१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक र १/६
संभवतः हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १०थरी भिटामिन आदि) पनि गर्नुपर्दैन। लक्षण शुरु भएको ८-९ दिनमाअक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि PCR पहिल्यै नगरेको हुनाले फेरि PCR पठाएर नतीजालाई थप १-२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो।२/६
२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ। प्रायः बिरामीले १-२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, PCR गर्न आवश्यक ठान्दैनन्। ३/६
Read 7 tweets
9 Sep 20
@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला।
तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
तपाईंले, मैले समर्थन वा विरोध गरेका हरेक इन्टरभेन्शन कुनै विश्वविद्यालयको प्रयोगशालामा वा निष्प्राण स्पेसमा लागु हुने वा नहुने होइनन्। ती हाम्रो समाजमा यसका जटीलता र स्वार्थका अन्तरविरोधहरूका बिच लागु हुने हुन्। हामीले भनेका कुरा त्यसैले राजनीतिबाट पृथक हुँदैनन्।
Read 20 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!

:(