परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n
- ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
- सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ। ३/
- मैले देखेको मुख्य समस्याः संक्रमितको संपर्कमा आएका परिवारका अरू सदस्य पनि एक अर्कासँग छुट्टाछुट्टै (क्वारन्टिन) बस्नुपर्ने, तर आपसमा घुलमिल भएरै बसेका हुन्छन्। त्यसो गर्दा यदि १ जनालाई विषाणु सरिसकेको रहेछ भने अरूलाई पनि सर्ने खतरा हुन्छ। यसरी घरभरि, टोलभर संक्रमण सल्किंदैछ। ४/
- संभव भएसम्म छुट्टाछुट्टै कोठामा क्वारन्टिन बस्नुपर्छ, जुन अधिकांश नागरिकलाई असंभव छ। त्यसैले समस्या हुनेलाई क्वारन्टिन/आइसोलेशनको लागि ठाउँ जुटाइदिने दायित्व समुदाय/राज्यको छ। महामारी फैलिन नदिन राज्यले गर्न सक्ने लगानीको अनुपातमा प्रतिफल सबैभन्दा बढी हुने काममध्ये हो यो। ५/
- यदि कोठाको वा सामुदायिक क्वारन्टिनको अभावले छुट्टाछुट्टै कोठामा बस्न संभव छैन भने के गर्न सकिन्छ? वा एक्लै कोठामा थुनिएर बस्न नसक्ने साना केटाकेटीलाई के गर्ने?
सजिलो छैन। त्यस्तो अवस्थामाः
६/
१. छुट्टाछुट्टै बस्न गाह्रो हुने (जस्तै सानी नानी र आमा, वा स्थानाभावले एउटा कोठैमा बस्नुपर्ने अरू)ले तुरुन्तै पिसिआर गर्ने, ताकि कसैको पिसिआर पोजिटिव रहेछ भने पहिले नै थाहा होस्।
यदि दुवैको नेगेटिव आए एउटै कोठामा पनि मास्क लगाएरै (नानीले बाहेक), सकभर दूरी कायम गरेर बस्ने। ७/
(साना नानीलाई एक जना अभिभावकसँग मात्र बस्न फकाउने।)
खुला ठाउँ/आँगन छ भने मास्क लगाएर, दूरी कायम गरेर एकै समय बसे भो।
अनि ८-१० दिनमा फेरि पिसिआर दोहोर्याउने।
छुट्टै क्वारन्टिन गर्न पाउनेले चाहिं लक्षण देखिएमा तुरुन्तै, नत्र छुट्टै बस्न थालेको ८-१० दिनमा १ पटक पिसिआर गरे हुन्छ।८/
- अर्को समस्या खाना खाँदा देखेको छु। प्राकृतिक मानवीय गुणले होला, छुट्टाछुट्टै बस्नेले पनि खाना खाँदा चाहिं सँगै वा पहिलेभन्दा साना समूहमा (जस्तै बा-आमा, छोरा-बुहारी) खान बसेको देखेको छु।
खाना खाँदा पालैपालो एक्लै जाने, पस्कने, खाने गर्नुको विकल्प छैन। ९/
- शौचालय एउटै छ भने नि?
भेन्टिलेशन नहुने ठाउँमा पालैपालो जाँदा पनि हावामा तैरिरहेका एरोसोलबाट धेरै जना संक्रमित हुने डर हुन्छ।त्यसैले शौचालयमा पूरै समय मास्क लगाउनुपर्छ। सानै झ्याल छ भने पनि बिचबिचमा खोल्ने गर्नुपर्छ। कतिले फ्लश गर्दा कमोडको ढक्कन बन्द गर्न पनि सल्लाह दिन्छन्।१०/
धाराका टुटी वा पानीका जगका ह्यान्डललाई पनि साबुन पानीले धोएर पखाल्नुपर्छ। आआफ्नो फरक तौलिया प्रयोग गर्नुपर्छ।
- जाडो नहुने बेला कोठाका झ्यालहरू खोलेर राखौं।
अरू बेला के प्रयास गर्नुपर्छ भने कुनै पनि समयमा एकै कोठा वा स्पेशमा मास्क नलगाई २ जना वा बढी मान्छे नहोइयोस्। ११/११
इति 🙏
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh
मेरो पेशाधर्मीता र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा प्रश्न गर्नेलाईः
मेरो अस्पतालमा मेरो कुनै खुला वा गोप्य लगानी छैन। त्यहाँका जाँच वा सेवाका दररेट तोक्न मेरो कुनै भूमिका छैन।बिरामीबाट असुलिएको पैसाअनुसार कुनै हिस्सा लिन्नँ। तलबी कर्मचारी हुँ, ७ महिनापछि यसपालि पूरा तलब पाएँ।
हुनत साइबर-स्यालहरूलाई जवाफ नदिने सल्लाह माया गर्ने साथीहरूले दिनुभएको थियो। थाहा छ, स्यालहरूले हिलो छ्याप्न छोड्दैनन्। तर आफूले जतन गरेर राखेको एकसरो सुकिलो ईमान(वा वैरागी काइँलाको शब्द "भेनिटी"😀) छ, चुप लाग्न गाह्रो हुने! यसबिचमा प्रेम र हौसलाले साथ दिने सबैप्रति अनुगृहित छु।
अनलाइनखबरको लेख तयार गर्नेबारे छलफल हुँदा मेरो चिन्ता यही थियो। इस्युमा हैन व्यक्तिमा लेख केन्द्रित हुँदा समस्याबाट ध्यान अन्तै मोडिन्छ कि? मोड्न खोज्नेलाई पनि व्यक्तिलाई हिलो छ्यापिदिएर समस्यालाई ओझेलमा पार्न सजिलो हुन्छ। आखिर प्रयास त्यस्तै भए। onlinekhabar.com/2020/10/906375
@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला।
तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
तपाईंले, मैले समर्थन वा विरोध गरेका हरेक इन्टरभेन्शन कुनै विश्वविद्यालयको प्रयोगशालामा वा निष्प्राण स्पेसमा लागु हुने वा नहुने होइनन्। ती हाम्रो समाजमा यसका जटीलता र स्वार्थका अन्तरविरोधहरूका बिच लागु हुने हुन्। हामीले भनेका कुरा त्यसैले राजनीतिबाट पृथक हुँदैनन्।
कोरोनाभाइरसको एन्टिजेन टेस्टबारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र हैन, अन्त पनि सुनेकोले फेरि कुन भँड्खालोतिर जाक्न लागे भनेर यो लहरो:
रगतमा विषाणुका "टुक्रा" छन् कि छैनन् जाँच्ने र छिटो नतीजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक फरक छन्। १/
सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजिटिव देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५% मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिव देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिव देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि PCR गर्नुपर्नेछ। cochranelibrary.com/cdsr/doi/10.10… २/
अर्कोतिर यसले ३% जति संक्रमण नभएकालाई पनि पोजिटिव देखाउनेछ। medtechdive.com/news/fda-warns…
त्यसैले, २% व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ, अनि ३ जना असंक्रमित पनि पोजिटिव देखिनेछन्। ३/
काठमाडौं उपत्यकाका "विभिन्न ठाउँ"बाट ४८०० जनाको पिसिआर स्वाब परीक्षण गर्दा ३ जनालाई मात्र पोजिटिव देखियो रे, त्यसैले समुदायमा फैलेको छैन भन्ने निष्कर्षयुक्त समाचार पढ्दा मलाई दिक्क लागेका कुरा यो लहरोमा राख्छु। ....१/८ nayapatrikadaily.com/news-details/4…
४८००मा ३ जना अर्थात ०.०६%।अघिल्लो जनगणनाले भनेको उपत्यकाको जनसंख्या २६लाखमा त्यही दरले १५६० जना PCR पोजिटिव हुने रहेछन्।कतिपयमा संक्रमण निको भएपछि पनि PCR पोजिटिव हुन सक्छ। ल मानौं १५६०को दुई तिहाई संक्रमण सार्न नसक्ने भैसके। ५००लाई त यो क्षणमै सर्न सक्ने सक्रिय संक्रमण होला! २/८
कुन कुन समूहमा परीक्षण भए खुलेको छैन। तर स्पष्ट छ, पत्ता लागिसकेका, हालअस्पतालमा रहेका त यसमा गनिएका छैनन्। स्वास्थ्यकर्मी, विदेशबाट भर्खर फर्केका वा तिनका सम्पर्कमा आएका पनि समेटिने गरेर जाँचे ५००० मा ३-४ जनाभन्दा धेरै गुणा बढी पोजिटिव भेटिएलान् भन्ने पनि अनुमान गर्न सकिन्छ। ३/८
१/२६ साँच्चै नेपालमा समुदायमा कोरोनाभाइरसको संक्रमण फैलिएको छैन त? यो लामो लहरोमा यसको उत्तर खोतल्ने कोशिस गर्छु। यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका तलको लेखका जस्ता मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टी गर्ने प्रयास गर्नेछु। onlinekhabar.com/2020/06/874500
२/n यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसको रूपमा मात्र लिएको छैन। टेस्टको दायरा झन् नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगका रिस्क फ्याक्टर छन् भने टेस्ट गरेर अस्पताललाई सुरक्षित राखौं भन्दा समुदायमा छैन त्यसैले पर्दैन भन्ने जिकिर हुन्छ।
३/n समुदायमा कति फैलेको छ भन्ने बारे सत्य आँकडा सायद जनसङ्ख्याको ठूलो प्रतिनिधि-हिस्साको निश्चित अन्तरालमा पिसिआर जाँच गरिरहने गर्दा नै पाइन्छ। त्यसो नगर्दा अर्को उपाय त्यस्तो प्रतिनिधि हिस्साको सेरोप्रेभलेन्स स्टडी, अर्थात कोभिडको संक्रमणपछि देखिने प्रोटिन कति जनामा छ हेर्ने हो।
१/n यो लहरो संक्रमणको पुष्टी भइसकेकालाई आइसोलेसन/अस्पतालबाट डिस्चार्ज गर्न सरकारले लिएको नीति र त्यसबारे मिडिया र विशेषज्ञको भूमिका कस्तो रह्यो भन्ने बारे हो।(प्रष्ट बुझौं, यो लहरो क्वारन्टिनमा बसेका अर्थात् संक्रमणको पुष्टी नभइसकेकालाई बिना PCR घर पठाउने सरकारको नीतिबारे होइन।)
२/n विभिन्न विज्ञ र पत्रिकाले जेसुकै भने पनि संक्रमितहरूमा यदि ज्वरो रोकिएको र अन्य लक्षणमा सुधार भएको ३ दिन भयो र लक्षण देखिन थालेदेखि, वा लक्षण नभएकाहरूमा पहिलो पोजिटिव PCRदेखि, १४ दिन भयो भने फेरि PCR नगरी डिस्चार्ज गर्ने सरकारको नीति विज्ञानसम्मतै छ। ekantipur.com/news/2020/06/0…
३/n मुख्य प्रश्नः के भाइरस को PCR जाँच पोजिटिव देखिउन्जेल संक्रमितमा अरूलाई रोग सार्ने क्षमता हुन्छ? त्यसो हो भने PCR नेगेटिव नहोउन्जेल बिरामीलाई डिस्चार्ज गर्न मिलेन। यो प्रश्नको जवाफ विभिन्न तरिकाले खोज्न सकिन्छ।