Anup Profile picture
13 Dec, 11 tweets, 2 min read
विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ। 🧵
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
२/
ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन चाँडो आउने र डेल्टा-मात्रको लहर भन्दा ठुलो हुने पनि सुनिश्चित् जस्तै भएको छ।
खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिंदैन।
३/
विगत केही दिनमा विशेष गरी सभा-सम्मेलन, बिहे, भोजमा संक्रमित भएर हप्तादिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ। यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला।
४/
तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है।

बिहेबारी, भोजभतेर, सभा-सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला।

घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन-९५ वा सो सरहको मास्क हरबखत लगाउनुहोला। आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला।
५/
मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क नभेटिएमा बरू टपक्क मिल्छ भने एन-९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि २ थरी मास्क एकैचोटी लगाउने गर्नुपर्छ।
६/
यो युट्युब भिडियो लिंकमा देखाइए झैं मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउँदा पनि मास्कलाई तपाईंको अनुहारमा उपयुक्त तरिकाले टपक्क बस्ने बनाउन सकिन्छ।


७/
वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला। सकेसम्म भेटघाट, र विशेष गरी अरु व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला।
८/
परिवारको कसैलाई "सामान्य रुघा" वा खोकि वा "हल्का ज्वरो मात्र" वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तु पिसिआर जाँच गराउनुहोला।
अनि रिपोर्ट नआउन्जेल घरका अरु कोही पनि सदस्य कार्यालय, स्कुल वा बाहिर कतै नजानुहोला।
९/
यदि घरको १ जनाको मात्र पिसिआर पोजिटिव देखियो भने पनि पोजिटिव हुने त छुट्टै बस्नै पर्‍यो,
बाँकि अरुले पनि क्वारन्टिनका सबै नियमको पालना सकेसम्म गर्नुहोला।
नियमः सकेसम्म सबै आफूआफू पनि छुट्टै बस्ने, एकै कोठामा बस्दा सकेसम्म मास्क लगाउने, सँगै खाना नखाने, ७-१० दिनमा पिसिआर गर्ने।
१०
कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला।
जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ।
सबैजना आफू जोगिऊँ, अरुलाई जोगाऔं
🙏

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Anup

Anup Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @AnupSubedee

14 Sep
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठुला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १-१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो। यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे लहरो🧵
अस्पताल "खरिद"को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला। तर मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो। यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठुलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ। २/
जनहितको पैरवी गर्नुपर्ने राजनैतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ। स्वार्थको द्वन्द्वविरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य-कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पूँजीलाई दोहन गर्न रोकेका छैनन्। ३/
Read 11 tweets
30 May
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।

३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई
बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।

४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू "आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है" भन्छु।
Read 9 tweets
16 May
What can those who want to help from outside Nepal do?
(So many friends are asking. Let me share where I think there is the biggest bang for the buck.)
Answer: buy tons of COVID test kits (antigen & PCR), hand them over to municipalities to run mass free testing campaigns.
1/n
While all attention is on the needs of the hour –O2, ICU, ventilator, etc., let’s remember that intervention there won’t impact at all the numbers of new cases needing same things 1 week from now. (This is NOT to dissuade anyone from working on these immediate challenges.)
2/n
There's too little happening in terms of public health response to the pandemic surge- test/trace/isolate & quarantine/vaccinate – the only interventions that can reduce the number of new cases in community and the number of those needing hospital beds, oxygen or ICU care.
3/n
Read 11 tweets
9 May
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
कि त
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने। ३/
Read 6 tweets
8 Apr
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)
Read 5 tweets
8 Apr
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one:
1. the new variant seems to be not just more infectious, but also more lethal.
2. Due to massive unwarranted abuse of antibiotics (1/4)
during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
3. The last surge had occurred after a few months of (an unwarranted) lockdown, & a collateral benefit of the lockdown had been significant reduction in air pollution, & marked improvement in respiratory system health in the community prior to the surge. (3/4)
Read 4 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal

Or Donate anonymously using crypto!

Ethereum

0xfe58350B80634f60Fa6Dc149a72b4DFbc17D341E copy

Bitcoin

3ATGMxNzCUFzxpMCHL5sWSt4DVtS8UqXpi copy

Thank you for your support!

Follow Us on Twitter!

:(