Anup Profile picture
14 Sep, 11 tweets, 2 min read
धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठुला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १-१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो। यसले ल्याउने मोनोपोली, र समाजका सबै क्षेत्रमा मौलाउँदै गरेको त्यस्तै मोनोपोलीबारे लहरो🧵
अस्पताल "खरिद"को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला। तर मुख्य डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने मोनोपोली हो। यसले बजारमा स्वाभाविक रूपमा हुनुपर्ने प्रतिस्पर्धालाई दबाएर देशको स्वास्थ्य सेवाको ठुलो हिस्सालाई केही व्यापारीको चङ्गुलमा लगिदिन्छ। २/
जनहितको पैरवी गर्नुपर्ने राजनैतिक दल र राज्यका सबै अङ्गमा यस्तै व्यापारीको हालिमुहाली भइसकेको छ। स्वार्थको द्वन्द्वविरुद्धका कुनै संहिता वा नियम छैनन्, र भए पनि दलाल र व्यापारीलाई आफूखुशी नियम बनाउन, राज्य-कब्जा गर्न र आम नागरिकलाई र सामुदायिक पूँजीलाई दोहन गर्न रोकेका छैनन्। ३/
विगत २-३ दशकमा जसरी देशमा सर्वत्र क्रोनी पूँजिवाद हावी भयो, दल, तिनका भ्रातृ संगठन र तिनमार्फत् राज्यका सबै अङ्ग अन्ततः दलाल र संभ्रान्तको हितमा परिचालन हुने साधन बनाइए (केही घटनाविशेष अपवाद बाहेक), यो सारा अवधिभर मिडिया लगभग पूरै बेखबर रह्यो। मिडियाको चेतना अझै उन्नत भएको छैन।४/
नागरिक समाजले थरीथरीका पिनहोल चश्माले मात्र देशलाई हेर्ने, तर सबै जात, भाषा, क्षेत्र र अन्य कोटी-विभाजनमा छुट्टिएका सारा नागरिकका वर्तमान र भविष्यलाई एकैनासले बन्धक बनाइरहने - र यससँग लड्छु भने सबैलाई जुटाउने पनि- यत्रो बडेमानको अर्थसामाजिक अजिङ्गरलाई भने नदेख्ने प्रण गरेको छ।५/
राजनैतिक दल कुनैमा पनि यो समस्यालाई रोक्नुपर्छ भन्ने सामूहिक चेत छैन,आँट,घोषित नीति त झन् शून्य। अचेल राजनैतिक करियर-पथ यसरी कोरिन्छन् कि आशालाग्दा केही युवा नेता पनि त्यही दलालतन्त्रको पृष्ठपोषक हुने शर्तमा, र त्यस्तो झुकावको प्रमाण दिंदै गएमा मात्र निर्णायक ठाउँमा पुग्नेछन्।६/
दलालतन्त्र बिचौलियातन्त्रको अन्तिम लक्ष्यजस्तै हो मोनोपोलि। यो चुनौतिसँग लड्न जुन किसिमको राजनीति र सांगठनिक पहल देखिनुपर्ने हो, नागरिक समाज र मिडियाको जुन किसिमको चेतना र पूर्वसक्रियता हुनुपर्ने हो, त्यो कसैबाट कतैबाट नदेखिंदा हाम्रो नियति यही दलदलमा झन् भासिंदै जाने हुने हो? ७/
यो मोनोपोलि बन्नबाट रोक्न वा भत्काउन के हुन सक्छ? के गर्न सकिन्छ?
तृणमूल तहबाटै गलत संरचना र संस्कारलाई बिस्तारै भत्काउने संगठनको निर्माण र बिस्तार नै सबैभन्दा दिगो समाधान हो।
तर त्यो बनाउने प्रयत्न हुँदै गर्दा यी अरू काम हुँदै जान सक्लान्ः
८/
१. खुबी देखाउन चाहने सांसद र युवा राजनीतिकर्मीहरूले सरकारको मुख नताकी आफ्ना र सबै दलका यो विषयमा कुरा मिल्ने समकक्षीहरूसँग मिलेर एकाधिकार व्यापार-निरोधी (ट्रस्ट-बस्टिङ) कानुन र स्वार्थको द्वन्द्व सम्बन्धि कानुनको पक्षमा लहर सिर्जना गर्ने, कानुन बनाउने र संसदबाट पास गर्ने।
९/
२. आम नागरिकको अधिकार र सामुदायिक स्वार्थको लागि वकालत गर्ने जुझारूपना र निष्ठा भएका कानुनकर्मीहरूलाई निरन्तर त्यसो गरिरहन चाहिने आर्थिक आवश्यकता पुरा गर्ने र अन्य भरथेग गर्ने संस्था र सञ्जाल (अमेरिकाको ACLU जस्तो) बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने।
१०/
३. दलालतन्त्र, मोनोपोलिले गरेका बदमाशीको हप्तौं र महिनौंसम्म अध्ययन गर्दै, अन्याय र ठगीका सबै पत्र उप्काउँदै सप्रमाण समाजलाई पस्कने कर्मठ पत्रकारहरूलाई त्यसरी पत्रकारिता गरिरहन सम्भव बनाइदिन सक्ने आर्थिक क्षमता र मिसन भएका संस्था बनाउन सक्ने सबैले आर्थिक दान र अरू पहल गर्ने।
इति

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Anup

Anup Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @AnupSubedee

30 May
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः
१. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ।
२. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन।

३. अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्ने, अर्कोले बुझाइदिनुपर्ने। छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्ने चाहिंलाई सुनाइयो। उहाँले जीवनसाथीलाई
बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ।

४. ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा। रातभरि सुत्नुहुन्न भनेर छोरीले भन्छिन्। अरू लक्षण छैनन्। जाँच्दा सबै राम्रै छ। म उल्लू "आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि? अब त डराउनुपर्दैन, अब बाँचियो है" भन्छु।
Read 9 tweets
16 May
What can those who want to help from outside Nepal do?
(So many friends are asking. Let me share where I think there is the biggest bang for the buck.)
Answer: buy tons of COVID test kits (antigen & PCR), hand them over to municipalities to run mass free testing campaigns.
1/n
While all attention is on the needs of the hour –O2, ICU, ventilator, etc., let’s remember that intervention there won’t impact at all the numbers of new cases needing same things 1 week from now. (This is NOT to dissuade anyone from working on these immediate challenges.)
2/n
There's too little happening in terms of public health response to the pandemic surge- test/trace/isolate & quarantine/vaccinate – the only interventions that can reduce the number of new cases in community and the number of those needing hospital beds, oxygen or ICU care.
3/n
Read 11 tweets
9 May
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?
(भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

उत्तरः
स्टेरोइड औषधी खान शुरु गरिहाल्ने।

यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो। १/
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ। २/
कि त
Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक
कि त
Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने। ३/
Read 6 tweets
8 Apr
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)
Read 5 tweets
8 Apr
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one:
1. the new variant seems to be not just more infectious, but also more lethal.
2. Due to massive unwarranted abuse of antibiotics (1/4)
during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
3. The last surge had occurred after a few months of (an unwarranted) lockdown, & a collateral benefit of the lockdown had been significant reduction in air pollution, & marked improvement in respiratory system health in the community prior to the surge. (3/4)
Read 4 tweets
7 Nov 20
परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n
- ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
- सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ। ३/
Read 11 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!

:(