कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। कारणहरूः
१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक र १/६
संभवतः हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १०थरी भिटामिन आदि) पनि गर्नुपर्दैन। लक्षण शुरु भएको ८-९ दिनमाअक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि PCR पहिल्यै नगरेको हुनाले फेरि PCR पठाएर नतीजालाई थप १-२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो।२/६
२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ। प्रायः बिरामीले १-२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, PCR गर्न आवश्यक ठान्दैनन्। ३/६
तर जाँच गर्दा रोगको पहिचान हुने संभावना भने लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै PCRको पहिचान गर्ने क्षमता धेरै घट्छ।झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिव देखिने संभावना धेरै कम हुन्छ। र सही उपचार नपाउने, गलत उपचार पाउने संभावना पनि बढ्छ। ४/६
३. मानौं तपाईं अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर PCR भएको छैन। कोभिडको पुष्टी भइसकेकालाई अरू कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ। तर कोभिडको शंका मात्र भएका तर पुष्टी नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ नत्र सँगै राखिएका ५/६
एकलाई कोभिड रहेछ र अरूलाई रहेनछ भने अरूलाई पनि सर्ने खतरा हुनेभो।त्यसैले तपाईंलाई भर्ना गर्न एक्लै छुट्टै कोठा मिल्नुपर्यो जुन अचेल एकदम दुर्लभ छ। कोभिड वार्डमा जति बेड खालि भए पनि तपाईंलाई राख्न मिलेन।
त्यसैले कोभिडको लक्षण देखिनेले कम्तीमा PCR चाँडो गरिहाल्नु जरूरी छ है।🙏 ६/६
माथि छुटेको: अनि चाँडो नतीजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरू संपर्कमा आएकालाई जोगाउन पनि उति नै संभव हुने नै भयो।
• • •
Missing some Tweet in this thread? You can try to
force a refresh
यस पटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो छ। केही कारणः
१. नयाँ भेरिएन्टहरूको संक्रमणशीलता मात्र हैन, मृत्युदर नै पहिलेको भन्दा बढी छ।
२. गत उभारको बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा (१/५)
अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेजिस्टेन्ट (धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएका छन्। त्यसले गर्दा कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने (२/५)
ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ।
३. पहिलेको उभार (अवैज्ञानिक) लामो लकडाउनको केही महिनापछि मात्र आएको थियो। एउटा अप्रत्यक्ष फाइदा के भएको थियो भने हावाको प्रदूषण एकदम न्यून भएको थियो, जसले गर्दा दम र फोक्सोका (३/५)
3 issues that do not portend well for those who are going to get the more severe forms of COVID-19 in this surge, compared to the last one: 1. the new variant seems to be not just more infectious, but also more lethal. 2. Due to massive unwarranted abuse of antibiotics (1/4)
during the last wave, hospitals are now choked up with multidrug resistant organisms, & rates of severe secondary MDR bacterial pneumonia have spiked up in last few weeks. It's getting very difficult to treat such cases with antibiotics currently available in this country. (2/4)
3. The last surge had occurred after a few months of (an unwarranted) lockdown, & a collateral benefit of the lockdown had been significant reduction in air pollution, & marked improvement in respiratory system health in the community prior to the surge. (3/4)
परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः
-१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n
- ज्वरो आए, खोकी लागे, पखाला चले खाने प्यारासिटामोल, खोकी कम गर्ने औषधी, जीवन-जल बाहेक अरू औषधी (विभिन्न थरी भिटामिन, जिङ्क, एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक, आदि) कि हानीकारक छन्, कि अनावश्यक छन्। २/
- सबै पोजिटिव हुनेले गर्नैपर्ने मुख्य कुरा अक्सिजन स्याचरेशनको निगरानी नै हो। दिनमा २-३ पटक हेर्नुपर्छ। कालोबजारी छ, सबैले किन्न संभव छैन, त्यसैले १ टोलमा १ पल्स अक्सिमिटरको जोहो गर्ने अभियान चलाउनुपर्ने देख्छु म। एउटै मेशिनलाई निसंक्रमण गर्दै टोलभरि डुलाएर प्रयोग गर्न सकिन्छ। ३/
मेरो पेशाधर्मीता र कन्फ्लिक्ट अफ इन्ट्रेस्टका बारेमा प्रश्न गर्नेलाईः
मेरो अस्पतालमा मेरो कुनै खुला वा गोप्य लगानी छैन। त्यहाँका जाँच वा सेवाका दररेट तोक्न मेरो कुनै भूमिका छैन।बिरामीबाट असुलिएको पैसाअनुसार कुनै हिस्सा लिन्नँ। तलबी कर्मचारी हुँ, ७ महिनापछि यसपालि पूरा तलब पाएँ।
हुनत साइबर-स्यालहरूलाई जवाफ नदिने सल्लाह माया गर्ने साथीहरूले दिनुभएको थियो। थाहा छ, स्यालहरूले हिलो छ्याप्न छोड्दैनन्। तर आफूले जतन गरेर राखेको एकसरो सुकिलो ईमान(वा वैरागी काइँलाको शब्द "भेनिटी"😀) छ, चुप लाग्न गाह्रो हुने! यसबिचमा प्रेम र हौसलाले साथ दिने सबैप्रति अनुगृहित छु।
अनलाइनखबरको लेख तयार गर्नेबारे छलफल हुँदा मेरो चिन्ता यही थियो। इस्युमा हैन व्यक्तिमा लेख केन्द्रित हुँदा समस्याबाट ध्यान अन्तै मोडिन्छ कि? मोड्न खोज्नेलाई पनि व्यक्तिलाई हिलो छ्यापिदिएर समस्यालाई ओझेलमा पार्न सजिलो हुन्छ। आखिर प्रयास त्यस्तै भए। onlinekhabar.com/2020/10/906375
@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला।
तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
तपाईंले, मैले समर्थन वा विरोध गरेका हरेक इन्टरभेन्शन कुनै विश्वविद्यालयको प्रयोगशालामा वा निष्प्राण स्पेसमा लागु हुने वा नहुने होइनन्। ती हाम्रो समाजमा यसका जटीलता र स्वार्थका अन्तरविरोधहरूका बिच लागु हुने हुन्। हामीले भनेका कुरा त्यसैले राजनीतिबाट पृथक हुँदैनन्।
कोरोनाभाइरसको एन्टिजेन टेस्टबारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र हैन, अन्त पनि सुनेकोले फेरि कुन भँड्खालोतिर जाक्न लागे भनेर यो लहरो:
रगतमा विषाणुका "टुक्रा" छन् कि छैनन् जाँच्ने र छिटो नतीजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक फरक छन्। १/
सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजिटिव देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५% मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिव देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिव देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि PCR गर्नुपर्नेछ। cochranelibrary.com/cdsr/doi/10.10… २/
अर्कोतिर यसले ३% जति संक्रमण नभएकालाई पनि पोजिटिव देखाउनेछ। medtechdive.com/news/fda-warns…
त्यसैले, २% व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ, अनि ३ जना असंक्रमित पनि पोजिटिव देखिनेछन्। ३/