Anup Profile picture
9 Sep, 20 tweets, 6 min read
@DibijayMahat जी, यो विषयमा अन्तिम पटक तपाईंसँग दिल खोलेर कुरा गर्नेछु। तपाईंको आफ्नो क्षेत्रको वैज्ञानिक दक्षता, सदाशय र विनयको प्रशंसक रहे पनि दिनदिनै तपाईंजस्ता आफैंले बुझ्नुपर्ने मान्छेहरूको लागि यस्ता लहरा लेखेर बस्ने समय यहाँ हामीलाई पटक्कै छैन, बुझिदिनुहोला।
तपाईंको बुझाइको समस्याको मूल चुरो मलाई के लाग्छ भने तपाईं एन्टिजेन टेस्ट नेपालले प्रयोग गर्ने नगर्ने भन्ने कुरो विशुद्ध वैज्ञानिक प्राज्ञिक बहस हो भन्ने ठान्नुहुन्छ। जुन गलत हो। मैले कराएको तपाईंका ट्विटमा उल्लिखित विज्ञान नबुझेर, बुझ पचाएर होला कि यहाँको व्यावहारिक पाटोले डराएर?
तपाईंले, मैले समर्थन वा विरोध गरेका हरेक इन्टरभेन्शन कुनै विश्वविद्यालयको प्रयोगशालामा वा निष्प्राण स्पेसमा लागु हुने वा नहुने होइनन्। ती हाम्रो समाजमा यसका जटीलता र स्वार्थका अन्तरविरोधहरूका बिच लागु हुने हुन्। हामीले भनेका कुरा त्यसैले राजनीतिबाट पृथक हुँदैनन्।
भियतनामले आफैं PCR किट बनायो, प्रयोग गर्‍यो। श्रीलङ्काले पनि PCRभन्दा अरू कुराको पछि लागेन। विश्वभर एन्टिबडी र एन्टिजेनका RDT को खोलो बगाइदिने चीन आफू भने PCR मात्रै गराउँछ।ती सबै देश सफल छन्। त्यहाँ विज्ञान मात्रले सफल भएको होइन, विज्ञानलाई राजनीतिले सही निर्देश र भरथेग गरेर हो।
तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ पनि एन्टिजेन टेस्टको कुरा किन आएको छ भने राज्यका मूल निकायहरूले PCR वा अन्य मलेक्युलर टेस्ट सर्वसुलभ गराउने गृहकार्य गरेनन्, महामारीलाई बेतोडले फैलिन दिए र पो वैज्ञानिकहरू अरू के गर्न सकिएला भनेर टाउको कन्याउँदै छन्।
अहिलेसम्म कुनै देशले एन्टिजेन टेस्टको (PCRसँगै किन नहोस्) प्रयोगले सफलतासाथ महामारी नियन्त्रण गरेको तपाईंलाई थाहा छ? तर हामीलाई किन श्रीलङ्का वा भियतनामबारे चाहिं थाहा हुन्न? हामीले आफ्नो “वैज्ञानिकता”को समाजशास्त्रबारे आत्मसमीक्षा गरेनौं भने आफ्ना blind spots बारे थाहै पाइँदैन।
नेपालमा एन्टिजेन टेस्टको कुरा किन आइरहेको छ भने PCRलाई छिटो,सस्तो, छरितो,सर्वसुलभ बनाउने काम गर्न महिनौं हुँदा पनि त्यो गरिएन। हलो अड्काएर गोरू चुट्ने र फुत्काएर भगाइदिने प्रयास स्पष्ट छ। तपाईंहामीजस्ता जति धेरै “विज्ञ”को आशिर्वाद मिल्छ, त्यति नै सजिलो हुन्छ च्याँखे थाप्नेहरूलाई।
अब विज्ञानको कुरा। कुनै अमुक एन्टिजेन(Ag) टेस्टले “संक्रामक” भाइरल लोड भएका व्यक्तिको मात्र पहिचान गर्छ भन्ने कुनै अध्ययन छ भन्ने मेरो प्रश्न थियो।तपाईंले धेरै भाइरल लोड भए संक्रमण बढी फैलिन्छ (जुन बहसको विषय नै थिएन)भन्ने अध्ययन देखाउनुभयो। यो खोतल्ने रिसर्च डिजाइन कसरी मिल्दैन?
तपाईंले लक्षण भएकालाई मात्र Ag टेस्ट गरौं, र सिकिस्त भएको मेरो बिरामीलाई Agटेस्ट गरे भइहाल्छ नि भनेर एकदमै naively,क्लिनिकल र व्यावहारिक चुनौती पटक्कै नबुझेर भन्नुभएको छ। लक्षणका स्पेक्ट्रम हुन्छन्।शुरुमा ज्वरो <५०%मा हुन्छ।कतिलाई पखाला, आदि हुन्छ। के, कति लक्षण भए Ag जाँच गर्ने?
USAमा Agटेस्ट नै भए पनि गरौं भन्ने विज्ञले पनि बरू लक्षण नभएकामा चाहिं Agटेस्ट गरौं भन्छन्, लक्षण भएकामा हैन। मर्छु कि भनेर डराइरहेको बिरामीलाई PCRनै गर्न मिल्दा रु १-२हजार तिराएर ५०% गलत नतीजा हुन सक्ने,फल्स पोजिटिव पनि देखिन सक्ने Ag जाँच गराउनु अनैतिक होblogs.jwatch.org/hiv-id-observa…
अनि तपाईंलाई के लाग्छ, तपाईंले भनेजस्तै एउटा सीमित सेटिङमा मात्र Ag टेस्टको किटको प्रयोग गर्ने भनेरै सरकारले यी टेस्टका किट भित्र्याइसकेपछि genie त्यही बोतलमै खुम्चिएर बसिरहला? सरकारले नै RDT नगर्ने भनेका परिस्थितिमा पनि महिनौंसम्म तिनको प्रयोग भएको हैन?
तपाईंले “नम्बर क्रन्च” गरेको त झन् naive छ। तपाईंले यसरी हिसाब गर्नुभएको छ कि अस्पतालमा सबैले नै कोभिडका टिपिकल लक्षण लिएर आउँछन् र लक्षण हुनेमध्ये १००%लाई कोभिड नै भएको हुन्छ र अनि “९७% सेन्सिटिभिटि” भएको एन्टिजेन टेस्टले सबै पत्ता लगाइहाल्छ नि। 😀
कुनै किटको प्याकेज इन्सर्टमा लेखिएको सेन्सिटिभिटी र स्पेसिफिसिटी क्लिनिकल सेटिङमा कहिल्यै मिल्दैन।बदनाम भएका Wondfo कम्पनीका RDT किटको प्याकेज इन्सर्टमा पनि त्यस्तै इम्प्रेसिभ दावी थियो।फ्लुका Agजाँचका बारेमा पनि त्यस्तै दावी हुन्छन् – व्यवहारमा ५०-६०% मात्र सेन्सिटिभिटी देखिन्छ।
समुदायमा कोभिडको prevalence अनुसार अस्पतालमा लक्षण नै लिएर आउने आधा वा बढीलाई अरू समस्या हुन सक्छन्. तर तिनको निधारमा लेखिएको हुँदैन, कसलाई कोभिड छ र कसलाई छैन भनेर। त्यसमा ३% कोभिड नभएकालाई Ag जाँच पोजिटिव देखिनेछ। तिनलाई कोभिड वार्डमा भर्ना गर्दा परिणतिको जिम्मेवारी कसले लिने?
अनि ४०-५०% कोभिड हुनेलाई पनि नेगेटिव देखिनेछ।नतीजा नेगेटिव आएर कतिमा फेरि PCR गर्नुपर्ने भयो, खर्च र समयको खति, जीवनरक्षक औषधी शुरु गर्न भएको ढिलाइ र त्यसबाट संभावित परिणतिको हिसाब आफैं गर्नुहोला।Ag टेस्ट पोजिटिव आएकामा पनि फल्स ‌पोजिटिवको संभावनाले औषधी सुरु गर्न PCRनै चाहिन्छ
अहिले सरकारले बाटो खोलिदिन लागेको Ag टेस्टभन्दा बढी भरपर्दा यस्ता मोलिक्युलर टेस्ट यहाँ सस्तोमा उपलब्ध हुने हो भने कसले विरोध गर्छ र? तर मलाई ट्याग गरेर यही टेस्टको समाचार पठाउनेहरूले गुगल गरेजस्तो चाँडो र सजिलोसँग र निःशुल्क नेपालमा यो आउनेछैन। के गर्ने?
मेरो अनुरोध, (सायद) नन-मेडिकल ल्याबमा काम गर्ने तपाईंजस्ता वैज्ञानिक, वा मेडिकल ल्याबमै काम गरे पनि क्लिनिकल सेटिङ वा जनस्वास्थ्यका चुनौती भुत्लोभाङ नबुझ्ने र आफूलाई के थाहा छैन भन्ने पनि पटक्कै हेक्कै नभएका तर सबैतिर गुड्डी हाँक्दै हिंड्ने वैज्ञानिकहरूले के सम्झिदिनुपर्छ भने...
यो देशमा मास्क लगाउनुपर्दैन, महामारी हौवा मात्र हो भन्नेलाई पनि विज्ञलाई जस्तै deference दिइँदैछ भने तपाईंजस्ता वैज्ञानिकका कुरा सुनेर मान्छेले पत्याउनेछन् नै।तपाईंका सदाशयी तर misinformed जिकिरहरूलाई बिचौलियाले त cash गर्नेछन् नै।
तर Ag टेस्टका समस्याले गराउने कन्फ्युजन, निराशा, र कन्स्पिरेशी-थ्योरीवालाहरूले पाउने प्रोत्साहनको जिम्मा कसले लिने? अझै सबैको प्रयासले महामारी नियन्त्रण गर्ने कुनै अवसरको सानो "विन्डो" बाँकी रहेछ र यतातिर बरालिंदा त्यो पनि गुम्यो भने यो गरीब देशका नागरिकले झन धेरै दुःख पाउनेछन्।
अन्तमा, यसको लागि म अनुग्रहले पग्लिएको छु।🙏🙏🙏

• • •

Missing some Tweet in this thread? You can try to force a refresh
 

Keep Current with Anup

Anup Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

PDF

Twitter may remove this content at anytime! Save it as PDF for later use!

Try unrolling a thread yourself!

how to unroll video
  1. Follow @ThreadReaderApp to mention us!

  2. From a Twitter thread mention us with a keyword "unroll"
@threadreaderapp unroll

Practice here first or read more on our help page!

More from @AnupSubedee

5 Sep
कोरोनाभाइरसको एन्टिजेन टेस्टबारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र हैन, अन्त पनि सुनेकोले फेरि कुन भँड्खालोतिर जाक्न लागे भनेर यो लहरो:
रगतमा विषाणुका "टुक्रा" छन् कि छैनन् जाँच्ने र छिटो नतीजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक फरक छन्। १/
सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजिटिव देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५% मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिव देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिव देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि PCR गर्नुपर्नेछ। cochranelibrary.com/cdsr/doi/10.10… २/
अर्कोतिर यसले ३% जति संक्रमण नभएकालाई पनि पोजिटिव देखाउनेछ। medtechdive.com/news/fda-warns…
त्यसैले, २% व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ, अनि ३ जना असंक्रमित पनि पोजिटिव देखिनेछन्। ३/
Read 10 tweets
18 Jul
काठमाडौं उपत्यकाका "विभिन्न ठाउँ"बाट ४८०० जनाको पिसिआर स्वाब परीक्षण गर्दा ३ जनालाई मात्र पोजिटिव देखियो रे, त्यसैले समुदायमा फैलेको छैन भन्ने निष्कर्षयुक्त समाचार पढ्दा मलाई दिक्क लागेका कुरा यो लहरोमा राख्छु। ....१/८
nayapatrikadaily.com/news-details/4…
४८००मा ३ जना अर्थात ०.०६%।अघिल्लो जनगणनाले भनेको उपत्यकाको जनसंख्या २६लाखमा त्यही दरले १५६० जना PCR पोजिटिव हुने रहेछन्।कतिपयमा संक्रमण निको भएपछि पनि PCR पोजिटिव हुन सक्छ। ल मानौं १५६०को दुई तिहाई संक्रमण सार्न नसक्ने भैसके। ५००लाई त यो क्षणमै सर्न सक्ने सक्रिय संक्रमण होला! २/८
कुन कुन समूहमा परीक्षण भए खुलेको छैन। तर स्पष्ट छ, पत्ता लागिसकेका, हालअस्पतालमा रहेका त यसमा गनिएका छैनन्। स्वास्थ्यकर्मी, विदेशबाट भर्खर फर्केका वा तिनका सम्पर्कमा आएका पनि समेटिने गरेर जाँचे ५००० मा ३-४ जनाभन्दा धेरै गुणा बढी पोजिटिव भेटिएलान् भन्ने पनि अनुमान गर्न सकिन्छ। ३/८
Read 8 tweets
24 Jun
१/२६ साँच्चै नेपालमा समुदायमा कोरोनाभाइरसको संक्रमण फैलिएको छैन त? यो लामो लहरोमा यसको उत्तर खोतल्ने कोशिस गर्छु। यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका तलको लेखका जस्ता मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टी गर्ने प्रयास गर्नेछु।
onlinekhabar.com/2020/06/874500
२/n यसको उत्तर किन पनि चाहियो भने यसलाई सरकारले प्राज्ञिक बहसको रूपमा मात्र लिएको छैन। टेस्टको दायरा झन् नखुम्च्याऔं, निश्चित सर्जरीअघि कोभिडको लक्षण नभएकामा पनि रोगका रिस्क फ्याक्टर छन् भने टेस्ट गरेर अस्पताललाई सुरक्षित राखौं भन्दा समुदायमा छैन त्यसैले पर्दैन भन्ने जिकिर हुन्छ।
३/n समुदायमा कति फैलेको छ भन्ने बारे सत्य आँकडा सायद जनसङ्ख्याको ठूलो प्रतिनिधि-हिस्साको निश्चित अन्तरालमा पिसिआर जाँच गरिरहने गर्दा नै पाइन्छ। त्यसो नगर्दा अर्को उपाय त्यस्तो प्रतिनिधि हिस्साको सेरोप्रेभलेन्स स्टडी, अर्थात कोभिडको संक्रमणपछि देखिने प्रोटिन कति जनामा छ हेर्ने हो।
Read 25 tweets
9 Jun
१/n यो लहरो संक्रमणको पुष्टी भइसकेकालाई आइसोलेसन/अस्पतालबाट डिस्चार्ज गर्न सरकारले लिएको नीति र त्यसबारे मिडिया र विशेषज्ञको भूमिका कस्तो रह्यो भन्ने बारे हो।(प्रष्ट बुझौं, यो लहरो क्वारन्टिनमा बसेका अर्थात् संक्रमणको पुष्टी नभइसकेकालाई बिना PCR घर पठाउने सरकारको नीतिबारे होइन।)
२/n विभिन्न विज्ञ र पत्रिकाले जेसुकै भने पनि संक्रमितहरूमा यदि ज्वरो रोकिएको र अन्य लक्षणमा सुधार भएको ३ दिन भयो र लक्षण देखिन थालेदेखि, वा लक्षण नभएकाहरूमा पहिलो पोजिटिव PCRदेखि, १४ दिन भयो भने फेरि PCR नगरी डिस्चार्ज गर्ने सरकारको नीति विज्ञानसम्मतै छ।
ekantipur.com/news/2020/06/0…
३/n मुख्य प्रश्नः के भाइरस को PCR जाँच पोजिटिव देखिउन्जेल संक्रमितमा अरूलाई रोग सार्ने क्षमता हुन्छ? त्यसो हो भने PCR नेगेटिव नहोउन्जेल बिरामीलाई डिस्चार्ज गर्न मिलेन। यो प्रश्नको जवाफ विभिन्न तरिकाले खोज्न सकिन्छ।
Read 18 tweets
5 Jun
१/४ स्वास्थ्य मं ले भर्खर निकालेको कोभिड परीक्षण निर्देशिका अवैज्ञानिक छ र यसले ठूलो सङ्कट निम्त्याउनेछ। तीन मुख्य समस्याः
१. कोभिडका अरू जतिसुकै लक्षण भए पनि ज्वरो छैन भने पिसिआर गर्न पाइँदैन रे।
२. लक्षण नभएकालाई क्वारन्टिनमा वा अप्रेशन अघि पिसिआर जाँच नगर्ने पनि अवैज्ञानिक छ।
२/४
३. सम्पर्कको परिभाषामा १ मिटर हैन, २ मि भित्र बसेकालाई मान्नुपर्छ।

अधिकांशलाई लक्षण नै हुँदैन र लक्षण हुनेमध्ये पनि आधालाई शुरुमा ज्वरो हुँदैन।
विशेष गरी इलेक्टिभ केसलाई अप्रेशन अघि परीक्षण नगर्ने हो भने नेपालको धरातलीय परिस्थितिमा थुप्रै अस्पतालहरू बन्द हुँदै जाने छन्।
३/४ क्वारन्टिनमा लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिइसके। समुदायमा फैलिने जोखिम त छँदैछ

नीति बनाउनेको मुख्य premise के देखिन्छ भने, १. नेपालमा वा काठमाडौंजस्ता ठाउँमा समुदायमा फैलिएकै छैन, २. लक्षण नहुनेले रोग सार्न सक्दैनन्, ३. ज्वरो छैन भने लक्षण मान्नु पर्दैन।
Read 5 tweets
28 Apr
कोरोनाभाइरसको र्‍यापिड टेस्टबारे धेरैजना (केही विज्ञ समेत)को प्रतिक्रिया पढेपछि यो लहरो लेख्न मन लाग्योः
१. लक्षण भएका वा सङ्क्रमणको शङ्का भएकामा जाँच्ने पिसिआर बाट नै हो, र्‍यापिड टेस्टबाट हैन।
२. नेपालमा सरकारले पनि लक्षण भएको व्यक्तिलाई र्‍यापिड टेस्टबाट जाँच भनेकै छैन। १/n
हो ठाउँठाउँमा लक्षण भएकालाई र्‍यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे।
३. सरकारले जुन समूहमा र्‍यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा विविध कारणले हाल क्वारन्टिनमा रहेका व्यक्ति थिए। २/n
ती समूहलाई अरू देशमा पनि पिसिआर विधिबाट परीक्षण गरिएकै थिएन। WHO, अमेरिकाको CDC, अन्यले पनि अहिलेसम्म पनि ती समूहलाई पिसिआरले जाँच भनेको छैन। कारणहरूः एक त हाम्रोमा र विश्वभर पिसिआरको अभाव छ, र यस्ता समूहमा अधिकांशलाई सङ्क्रमण पहिले थियो नै भने पनि हाल पिसिआर नेगेटिव हुनसक्छ। ३/n
Read 11 tweets

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just two indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3/month or $30/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!

Follow Us on Twitter!