, 14 tweets, 4 min read
My Authors
Read all threads
आउनुस् नेपाली पर्यटन ब्रान्डिंग बारे एउटा थागो बुनम् |

#Thread
नेपाल सरकारले पर्यटन के हो नबुझ्दै १९५० को दशकमा पर्यटकहरु नेपाल छिर्नथाले | त्यो भन्दा पहिले बिशेष अनुमति लिएर मात्र बिदेशीहरु नेपाल छिर्न पाउँथे |
शुरुवाती बर्षहरुमा नेपाल आउने अधिकांश बिदेशीहरु पर्वतारोहणका लागि आउँथे | सन् १९५० मा अन्नपुर्णको, १९५३ मा सगरमाथा, १९५४ मा चोयु र ल्होत्से र १९५५ मा कन्चनजंगाको सफल आरोहणले नेपाललाइ हिमाली गन्तब्यको रुपमा ब्रान्डिंग गरिदियो |
१९६५ मा बेलायति दुताबासमा सैनिक सहचारीको रुपमा कार्यरत जिम्मी रोबर्ट्स र उनका साथीहरुले ले माउन्टेन ट्राभल्स स्थापना गरे र 'ट्रेकिंग' को शरुवात गरे | त्यसपछी नेपाल विश्वबजारमा ट्रेकिंग गन्तब्यको रुपमा परिचित भयो |
तस्विर: माउन्टेन ट्राभल्सले तयार गरेको प्रचार सामग्री Image
१९७० को दशकमा हिप्पीहरु आउनथाले पछि नेपालको हिप्पी गन्तब्यको रुपमा ब्रान्डिंग भयो | हिप्पीहरु बारे धेरै चलचित्र, वृत्तचित्र, गित बने जसले नेपाललाइ एउटा गन्तब्यको रुपमा पहिचान दिलाउन ठुलो मद्दत गर्यो |

तस्विर: हिप्पीहरुलाइ लक्षित गरि तयार गरिएको पोस्टर | Image
१९९० को दशकमा राज्यले खुल्ला अर्थतन्त्र नीति अवलम्बन गरेपछी निजि क्षेत्रको लगानी होटल, ट्राभल एजेन्सी लगयातको क्षेत्रमा आउन थाल्यो | त्यो भन्दा पहिले सिमितले मात्रै यस्तो व्यवसायमा लगानी गर्नपाउँथे |
व्यवसायीहरु पर्यटन बिभागको नेतृत्वमा बिदेशी पर्यटन मेलामा जांदा पानी नेपालको ब्राण्ड आइडेन्टि थिएन | १९९६ मा Quality Tourism Project ले पर्यटन बिभाग खारेज गरेर सरकारी-निजि साझेदारीमा नेपाल पर्यटन बोर्ड स्थापना गरि बिदेशी बजारमा नपाली पर्यटनको प्रचार-प्रसार गर्न सुझाब दियो |
सन् १९९८ मा सरकारले A World On Its Own नारा सहित Visit Nepal Year 1998 मनायो | उद्धेश्य प्राप्ति नभए पनि पर्यटनलाइ जनमानसमा लग्न यो कार्यक्रमको ठुलो योगदान छ | Image
सन् १९९८ को अन्त्यतिर नेपाल पर्यटन बोर्डको स्थापना भयो र उसले सम्भवत नेपालको पहिलो पटक डेस्टीनेसन ब्रान्डिंग गर्यो |

'Mount Everest & More......Experience all in Nepal'
सन् १९९९ को बिमान अपहरण, माओबादी गतिबिधि र दरबार हत्याकाण्डले आक्रान्त पर्यटनलाइ नयाँ उर्जा दिन २००२ र २००३ लाइ 'डेस्टीसन नेपाल क्याम्पेन' को रुपमा मनाइयो | कार्यक्रमले खासै चर्चा पाएन, तर त्यसकै एक अंगको रुपमा मनाइएको सगरमाथा आरोहरणको स्वर्णमहोत्सव विश्वभरका मिडियाले कभर गरे Image
सन् २००६ मा निकै तामझामका साथ पर्यटन बोर्डले नयाँ ब्राण्ड आइडेन्टिटि सार्वजनिक गर्यो | 'Naturally Nepal: Once is not Enough' आजसम्म पनि नेपाली पर्यटनको ब्राण्ड आइडेन्टिटि हो | Image
सन् २०११ मा 'Nepal Tourism Year 2011' कार्यक्रम मनाइयो, तर त्यसले पनि खासै उपलब्धिमुलक रहेन | Image
सन् २०१५ को भूकम्प पश्चात नेपाली पर्यटनलाइ पुनर्जीवन दिन Visit Nepal Year 2020 कार्यक्रम घोषणा गरिएको हो | लगानीको हिसाबले यो देशको अहिलेसम्मकै ठुलो पर्यटन कार्यक्रम हो |

'Nepal: Lifetime Experiences' थिममा आयोजना हुने यो कार्यक्रम यहि जनवरी १ देखि शुरु भएकोछ | Image
*धागो | पहिलो गाँसमै ढुंगा :) :) :)
Missing some Tweet in this thread? You can try to force a refresh.

Enjoying this thread?

Keep Current with याक्कु !

Profile picture

Stay in touch and get notified when new unrolls are available from this author!

Read all threads

This Thread may be Removed Anytime!

Twitter may remove this content at anytime, convert it as a PDF, save and print for later use!

Try unrolling a thread yourself!

how to unroll video

1) Follow Thread Reader App on Twitter so you can easily mention us!

2) Go to a Twitter thread (series of Tweets by the same owner) and mention us with a keyword "unroll" @threadreaderapp unroll

You can practice here first or read more on our help page!

Follow Us on Twitter!

Did Thread Reader help you today?

Support us! We are indie developers!


This site is made by just three indie developers on a laptop doing marketing, support and development! Read more about the story.

Become a Premium Member ($3.00/month or $30.00/year) and get exclusive features!

Become Premium

Too expensive? Make a small donation by buying us coffee ($5) or help with server cost ($10)

Donate via Paypal Become our Patreon

Thank you for your support!